बिरगंज, असार २३ गते बुधबार
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागु औषधसहित १ जनालाई पक्राउ गरेको छ ।
बुधवार ४ :१५ बजेको समय मा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वास्थित खेतको बाटो भैइ हिडिरहेको शंकास्पद अवस्थामा एक जनालाई पर्सा प्रहरी ले पक्राउ गरेको छ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ गहवा निवासी २३ वर्षीय राहुल साह अवैध लागुऔषधसहित पक्राउ परेका हुन् ।
प्रहरीले चेकजाँच गर्दा निजले बोकेको कालो प्लाष्टिकको झोला भित्र नुर्फिन, डाइजेपाम र फेनारगन एक सय पचास १५० र १ सय ५० गरी ४ सय ५० एम्पुल फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
तरकारी बोकेको झोलाभित्र अवैध लागुऔषध ल्याएका साहलाई लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कर्यालय पर्साले बताएको छ।