25.4 C
Birgunj
Homeसमाचारस्थानियसमाजसेवी राउतको पहलमा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधी वितरण।

समाजसेवी राउतको पहलमा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधी वितरण।

 

बिरगंज जेष्ठ ३१ सोमबार

कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया निःशुल्क वितरण गरिएको छ ।

समाजसेवि मनोज राउत,धिरज गुप्ता,बाबुनन्द पटेल,कृष्णा पटेल,जल्सोदिन शेख,दीपेन्द्र कुमार राउत, र पतन्जली योग समिति लमही नगर प्रमुख भेषराज भट्टराईले कोरोना सन्क्रमित बिरामीको घरमै पुगि उक्त गुर्जो सहितको धुलो औषधी एवं चिया (काँढा) प्रयोग बिधि सहित निशुल्क बितरण गरेका हुन ।

आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी गुर्जो अभियानकर्मी आन्तरिक राजश्व विभाग धुलिखेलका कार्यालय प्रमुख कमल बहादुर राजलवटले शक्तिबदक औषधी निःशुल्क वितरणको व्यवस्था मिलाएका हुन । आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइराला, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा. रामआधार यादव लगायत चिकित्सकको सल्लाहमा ४८ प्रकारका जडिबुटीबाट यो औषधी तयार पारिएको हो ।

कार्यालय प्रमुख राजलवटले २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधी र चिया निःशुल्क वितरण गर्दै आएका छन् ।

गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ । यस्तै महत्वको औषधी भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधीको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सकहरु बताउँछन् ।

नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएका मानिसले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन ।

उक्त रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी औषधि हाल सम्म पर्सा जिल्ला भित्रका विभिन्न स्थानमा होम आइसुलेसनमा बसेका कोरोना संक्रमीतहरुलाइ घरमै पुगि हस्तान्तरण गर्दै आएको मनोज राउतले बताए।

नि:शुल्क सेवा लिन गुर्जाे,गिलाेयकाे चिया,काँढा तथा धुलाे औषधी संक्रमितले सम्पर्क गर्न साथै शुगर का बिरामी तथा समान्य ब्यक्तिहरु ले पनि सेवन गरी स्वास्थ्य लाभ लिनु हुनका लागी अलखिया रोड एडभान्स हस्पिटल अगाडी वा ९८५५०२२४३०, ९८१५२०६४१२, ९८४५०२०००१ मा सम्पर्क गर्न सक्ने समाजसेवी राउतले अनुरोध गर्नुभयो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here