बिरगंज जेठ २६ बुधबार
जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट लैपटोप तथा मोबाइल लगायत तथा माल समान चोरी भएकोमा सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गर्दै जाँदा जिल्ला पर्सा जगरनाथपुर गाउँ पालिका वडा नं.६ बस्ने वर्ष १९ का मुन्ना कुमार रामले घरमा कोही नभएको मौका छोपी घरभित्र प्रवेश गरी Dell Laptop १थान र Vivo मोबाइल फोन १ थान रामको सुत्ने कोठाबाट बरामद भएको हुँदा उनलाई तत्काल नियन्त्रणमा लिई २५ गते मंगलबारका दिन चोरीको मुदा मा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै बीरगञ्ज म.न.पा.वडा नं. ११, श्रीपुर बस्ने वर्ष ४५ की सकुन्तला मेहताले वीरगञ्ज म.न.पा.वडा नं. ८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गर्दा उनले घाँटीमा लगाएको सुनको सिक्री लुट्ने क्रममा बी.म.न.पा.वडा नं.१६ बस्ने वर्ष १९ का निरज नट र उनी संगै रहेका बर्ष १९ को युवराज रायलाई घण्टाघरको अ.प्र.पोष्टको टोलीले सिक्रीसहित दुबैलाई नियन्त्रणमा लिएको हो । उनिहरुलगायतको समूहले विगतदेखि नै पर्सा जिल्लाका विभिन्न स्थानमा भएका सुनको सिक्री लुट्ने घटनाहरूमा संलग्न भएको खुल्न आएकोले उनिहरूलाई चोरीको मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान तथा समूहमा रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।