महेश सिंह महतो
सिरहा जेष्ठ २६ गते बुधबार
सिराहाको लहानमा माओवादी केन्द्र निकट युवा संगठन नेपाल द्धारा प्रदर्शन गरेका छन् ।
बिगत केहि महिना अगाडि देखि नेपाल सरकारले ल्याएको चुरे उत्खनन तथा संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका हुन् ।
वाईसीएल नेपालका जिल्ला संयोजक आशा नन्द यादवको अध्यक्षतामा भएको कार्यक्रम मा संयोजक यादवका अनुसार चुरे बेच्न पाइदैन,मधेशको उर्वर भुमि खन्न गर्न पाईदैन,मधेसको भुमी हाम्रो लागि प्राण भन्दा प्यारो छ,संसद पुनःस्थापना गर, मुल नाराका साथ प्रदर्शन गरेका थिए ।
जिल्ला इन्चार्ज विरेन्द्र साह पार्टीका नेता सुरेन्द्र साह, युवा बौद्धिक नेता बिजय गुप्ता गरी वाइसीएल नेपाल् प्रदेशका विवेक परियार सहित मनोज सहनी नितिश नन्दन यादव,उमेश यादव,ओपन राउत देवेन यादव लगायतका युवा नेताहरुको उपस्थिति रहेको रहेको थियो ।
अहिले कोरोना भाईरस को अवस्थ मा समाजिक दुरीको मद्य्य नजर गरी शान्तिपूर्ण तरिकाले सरकारको विरुद्धमा विरोध प्रदर्शन गरिएको युवा नेता बिजय गुप्ताले जानकारी दिनु भयो ।