बिरगंज
जेठ २३ आइतबार ।
जिल्ला प्रहरी कार्यालय पर्सा ले बिशेष सूचना को आधार मा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.६ बस्ने वर्ष ३९ को अमित कुमार गुप्तालाई पक्राउ गरेको छ ।
अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना पाए लगतैई जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले आइतबार दिउँसो ११:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ ईनर्वाचोक स्थित ना.२८ प ५७५८ नम्बरको ग्लैमर मोटरसाईकल सवार भैइ भारत रक्सौलबाट वीरगञ्ज बसपार्कतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई निजको शरीर खान तलासी गर्दा निजले लगाएको अण्डरवेयरमा लुकाइ छिपाई राखेको रु.३,००,०००।– (तीन लाख) रकम र मोटरसाइकल सहित अमित कुमार गुप्तालाई जिल्ला प्रहरी कार्यालय पर्सामा नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले बताए ।