बारा, ०२ बैशाख
बाराको आदर्श कोतवाल गाउँ पालिका वार्ड नं. १ चिउटाहामा रहेको राम चरित्र माध्यमिक बिधालय समितीमा प्रधानाध्यापक दिनेश प्रसाद साहले राजनीति गर्दै बिधालय ब्यवस्थापन समितिमा निर्वाचनबाट निर्वाचित भएका सदस्य रुपेन्द्र प्रसाद कुश्वाहाले पत्रकार सम्मेलन गरि प्र.अ.साहको आरोप लगाएको छ। प्र.अ.साहले आफू खुशी मनोनीत गर्ने सदस्य र बिधालय ब्यवस्थापन अध्यक्ष आफुले चुनेको र निर्वाचित सदस्यहरुलाइ जानकारी नै न गराएको समेत आरोप लागाएका छन। माघ १२ गते निर्वाचित भएका सदस्यहरुलाइ पाखा लगाइ आफू खुशी निर्णय गरेको मैगनेटिंगको फोटोकपि माग्न जादा झुठो मुद्दा आरोप लागाइ दुव्र्यवहार गरेको प्रहरीसंग समात्न लगाइ मुद्दा दर्ता गरेको आरोप समेत कुश्वाहाको रहेकोछ।आफू निर्वाचनबाट निर्वाचित भएक प्र. अ.ले सुरु देखि नै प्रमाणपत्र उपलब्ध नगराउने सदस्यहरुसंग कुनै सल्लाह नै न गरि समितिमा सदस्य थपने आफू खुशी नचुनिएकै ब्यक्तिलाइ नै अध्यक्ष मनोनीत गर्ने कार्य नियम सम्बत नभएको बिरोध गर्दा आफुलाइ नियतबस प्र.अ. ले झुठो मुद्दा लगाइ फसाउन खोजेको कुश्वाहाले आरोप लगाए आफू साधारण तारिकमा रिहा भएकोछु।
समुदायमा रहेका अभिभावकको सहारामा झुटो आरोप लगाइएको दुव्र्यवहार मुद्दा छानबिन गरि आफू निर्दोष हुने समेत जानकारी गराए। प्र.अ. दिनेश प्रसाद साहले निर्वाचित चारै जना पहिलो बैठकमा उपस्थित भइ खुशी सट्टासाट गर्दै निर्वाचन सफल भएको जानकारी गराए। दोस्रो, तेस्रो र चौथो पटक पनि चिठी पठाउदा निर्वाचित सदस्य रुपेन्द्र कुमार कुश्वाहा, पुनम देबि यादव, मनिजा शेखिन उपस्थिति नभएको र शिक्षक प्रतिनिधि, वार्ड अध्यक्ष र निर्वाचित सदस्य मुना पटेल कुर्मी लगाएतको उपस्थितिले चन्दा दाता सोनालाल पटेल शिक्षा प्रेमी चिन्ता देबि यादव लाई तेस्रो बैठकमा मनोनीत गरेको थियो चौथो बैठकमा निर्वाचित चार मध्ये मुना पटेल कुर्मी मात्रै उपस्थिति रहेको र मनोनीत र पदनय सदस्यहरुको निर्णयले मुना पटेल कुर्मी लाई अध्यक्ष पदमा मनोनीत गरेको प्र. अ. साहले जानकारी गराएका छन।चैत २९ गते सदस्य कुश्वाहले मैगनेटिंग मागन आउदा प्रक्रिया न पुगाइ माग्न आउदा आफू दिन न मानेकोले कुश्वाहासंग वादविवाद भएको स्विकारे ।