23.6 C
Birgunj
Homeसमाचारस्थानियफोनिज सप्तरीद्धारा फोनिज बाराका अध्यक्ष चौधरी सहित तिन जना फोनिजकर्मीहरु सम्मानीत

फोनिज सप्तरीद्धारा फोनिज बाराका अध्यक्ष चौधरी सहित तिन जना फोनिजकर्मीहरु सम्मानीत

बिनोद पटेल                                                                    बारा ,  चैत ३१ मंगलवार

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सप्तरी शाखाले बाराका फोनिज अध्यक्ष दुष्यन्त चौधरी सहित तिन जनालाई सम्मानीत गरेको छ ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सप्तरी शाखाकी अध्यक्ष प्रिया सिंह थारु ( पावर्ती सिंह) ले कलैयामा एक कार्यक्रमको आयोजना गरि हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित भएका फोनिजकर्मीहरुलाई मंगलबार सम्मान गरेको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सप्तरी शाखाकी अध्यक्ष थारुको अनुसार यो सम्मानीत कार्यक्रम नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर २ का कार्यसमितिले गर्नुपर्ने कुरामा जोड दिएका थिईन् ।
साथै आफूले नेपाल पत्रकार महासंघमा निर्वाचित फोनिजकर्मीहरुलाई सम्मानीत गर्दा धेरै नै गर्व महसुस भएको जानकारी दिईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका निवर्तमान अध्यक्ष कमल कुमार उपाध्याय , सप्तरीका निवर्तमान जितेन्द्र खद्गा अध्यक्ष लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन थारु पत्रकार संघ नेपालकी केन्द्रिय सदस्य रेनुु कुमारी चौधरीले गरेकी थिईन् ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाराका अध्यक्ष दुष्यन्त चौधरी नेपाल पत्रकार महासंघ बारा शाखाको समावेशी सह सचिवमा निर्वाचित भएका छन् ।
भने थारु पत्रकार संघ नेपाल बाराका अध्यक्ष जियालाल चौधरी कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएको हो । त्यसैगरी शेखर चौधरी प्रदेश परिषद सदस्यमा निर्वाचित भएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here