23.6 C
Birgunj
Homeसमाचारस्थानियमहोत्तरीको बर्दिबास बजार अनुगमन , उपभोक्ता ठगी गर्ने पसललाई कार्वाही सोरुप ४...

महोत्तरीको बर्दिबास बजार अनुगमन , उपभोक्ता ठगी गर्ने पसललाई कार्वाही सोरुप ४ लाख २० हजार जरिवाना ।

 

महोतरी , फागुन २३ गते आइतबार ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा का निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रशासन कार्यालय बर्दिबास, इलाका प्रहरी कार्यालय बर्दिवास, बर्दिवास नगरपालिकाको कार्यालय समेतको प्रतिनिधि सहितको टोलीले बर्दिबास बजार अनुगमन गर्दा देहायका फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेको पाइएकोले सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरिएको हो।
कृष्णा स्टोर्स, बर्दिबास -१ महोत्तरीले उचित मूल्य भन्दा बढी मूल्य लिई कारोबार गरेकोले रु.२ लाख , बर्दिबास घर संसार ,बर्दिवास -१ ले रिप्याकिँगको इजाजत नलिई कारोबार गरिएको ले रु.५० हजार , जय निर्मल बाबा खाधान्न भण्डार , बर्दिबास-१ महोत्तरीले मूल्यसूची न राखेकोले रु.५० हजार , राम आइरन स्टोर्स, बर्दिबास -१ ले मूल्यसूची नराखेकोले रु. ५० हजार ,भवानी खाधान्न खरिद बिक्री, बर्दिबास-१ ले अनुगमन कार्यमा असहयोग गरेकोले रु. १० हजार , महादेब जेनरल किराना पसल, बर्दिबास-१ ले खरिद बिल नदेखाएको ले रु.५ हजार , राज इन्टरप्राइजेज , बर्दिबास – ३ ले खरिद बिल न देखाएकोले रु. ५ हजार र जनंक फेन्सी पसल, बर्दिवास-१ ले इजाजत नलिई कारोबार गरेकोले रु. ५० हजार गरि जम्मा ४ लाख २० हजार तत्काल जरिवाना गरिएको थियो ।
त्यसै गरि म्याद नाघिसकेको करीब ४८ हजारको पेन्ट, ईनामेल व्यवसाय स्थलमा नष्ट गरिएको थियो । उक्त जरिवाना रकम ७ (सात) दिन भित्र राष्ट्रिय वाणिज्य बैंक मा जम्मा गरी भौचर पेश गर्न निर्देशन दिएको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको सूचना अधिकारी दिलिप खंग खत्वे ले जानकारी दिनु भयो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here