25.4 C
Birgunj
Homeसमाचारस्थानियजिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको अध्यक्षमा राजेश पण्डित कुम्हार...

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको अध्यक्षमा राजेश पण्डित कुम्हार निर्वाचित ।

बिरगंज फागुन                                                        जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको अध्यक्षमा राजेश पण्डित कुम्हार निर्वाचित हुनुभएको छ ।
शनिवार राति भएको निर्वाचनअनुसार अध्यक्षका उम्मेदवार हरेराम प्रसादलाई ३ मतले पराजित गर्दै पण्डित अध्यक्षमा चयन हुनुभएको हो । उहाँका प्रतिद्वन्दी हरेराम प्रसादले ५९ मत प्राप्त गर्नुभएको थियो भने पण्डितले ६२ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा पन्नालाल महतोलाई १२ मतले पछि पार्दै असगर अलि अन्सारी निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा दिल्लीविक्रम कार्कीलाई १५ मतले पछि पार्दै राकेश यादब विजयी हुनुभएको छ ।
यस्तै ४९ मत प्राप्त गरेका इश्वरचन्द्र यादबलाई हराउँदै ७१ मत प्राप्त गरी जिष्णु बराल महासचिबमा निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य बृजकिशोर पटेलले जानकारी दिनुभयो ।
सचिबमा प्रदिप प्रसाद पटेललाई पराजित गर्दै प्रभावकर गुप्ता विजयी हुनुभएको छ भने रामजी मुखिया बिनलाई पराजित गर्दै नगनारायण सिँह कोषाध्यक्षमा चयन हुनुभएको छ । जम्मा १ सय ३३ मत रहेकोमा १ सय २१ मत खसेको निर्वाचन अधिकृत रामनारायण कुर्मीले बताउनुभयो ।
समितिको सदस्यहरुमा भगवती शर्मा, अरुण कुमार साह, गिरीराज कडेल, कुन्दन प्रसाद, विजय कुमार गुप्ता चयन हुनुभएको छ । संघको संयोजकमा राजेन्द्र प्रसाद जयसवाल निरविरोध चयन हुनुभएको छ ।
त्यस्तै सदस्यमा हृदयनारायण साह र मनोज गुप्ता पनि निरविरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कुर्मीले बताउनुभयो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here