18.9 C
Birgunj
Homeसमाचारस्थानियबयोध्या अस्पतालको मुल गेट अगाडी नेपाल ईन्भेष्टमन्ट बैँकको ए.टी.एम बुथ स्थापना...

बयोध्या अस्पतालको मुल गेट अगाडी नेपाल ईन्भेष्टमन्ट बैँकको ए.टी.एम बुथ स्थापना ।

बिरगंज फागुन १६                                                    नेपाल ईन्भेष्टमन्ट बैँक ले सेवा ग्रहिलाई सेवा दिँदै १३१ औँ ए.टी.एम. स्थापना गरेको छ ।
विरगंज महानगरपालिका गण्डक स्थीत रहेको बयोध्या अस्पतालको मुल गेट अगाडी बैँकले आज एक समारोह को बिच ए.टी.एम बुथ स्थापना गरी विधिगत रुपमा उद्धघाटन गरेको छ ।
उद्धघाटन गर्ने क्रममा नेपाल इनभेष्टमेन्ट बैँकका पर्सा शाखा प्रबन्धक अमितेश कुमार यादव र बयोध्या अस्पतालका निर्देशक अशोक बैद्धले संयुक्त रुपमा नयाँ ए.टी.एम बुथको रिवन काटी उद्धघाटन गर्नु भएको थियो । उद्धघाटनको क्रममा बयोध्या अस्पतालका निर्देशक तथा उद्योगपति एवं उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैधले आफनो पुरानो ए.टी.एम कार्ड प्रयोग गरी ए.टी.एम बुथबाट शुभारम्भ गर्दै केहि रकम निकाल्नु भएको थियो ।
बयोध्या अस्पतालमा आउने विरामी का कुरुवाहरु लाई आर्थिक परिस्थीती ए.टी.एम कार्ड बाट नै निराकरण गर्ने उद्दश्यले नेपाल ईन्भेष्टमेन्ट बैँकले यो सुविधा स्थापना गरेको बैँकका सुचना अधिकारी विष्णु भट्टराई ले जानकारी दिनु भएको छ ।
उद्धघाटनको क्रममा बयोध्या अस्पताल का चिकित्सक लागयत को सहभागीता रहेको थियो ।
उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी अशोक बैध, अध्यक्ष शुशील श्रेष्ठ, शाखा प्रबन्धक अमितेश कुमार यादव, सुचना अधिकारी विष्णु भट्टराई लगायत को उपस्थिती रहेको बयोधा अस्पतालका प्रशासन शाखाका प्रमुख बिष्णु पटेलले जानकारी दिनु भयो ।
बैँक ले स्वास्थ्य कर्मीहरु लाई विशेष सुविधा को योजनाहरु समेत दिएको छ ।
जसमध्ये हेल्थ वर्कर, अटो लोन, लोन शेयर, होम लोन लगायत का सुविधाहरु स्वास्थ्य कर्मीहरु लाई दिने बैँक का सुचना अधिकृत विष्णु भट्टराई ले जानकारी दिनु भएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here