बिनोद पटेल
बारा कलैया, माघ ३० गते , शुक्रवार
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १८ मोतिसर मा रहेको ´´द“ भिलेज किचेन को आज एक भव्य समारोहकका बिच उदघाटन सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिका वाडा नम्बर १८ का वाडा अध्यक्ष अम्बिका प्रसाद यादब ले रिबन काटी ´´द“ भिलेज किचन को उदघाटन गर्नुभएको थियो ।
उदघाटन गर्दै वाडा अध्यक्ष यादवले बारा र पर्सा जिल्लामा सु–व्यवस्थित किचेन र सान्त बाताबरण नभएको अवस्थामा मोतिसर का युवा ब्यवसाई असोक यादव ले हराभरा गर्डेन सुबिधा सम्पन एसि. डिसि सुबिधा सम्पन्न हल भएको द भिलेज किचेन को सुरुवात
गरेको प्रयास एकदम सराहनीय रहेको बताउनु भएको थियो ।
कलैया उपमहानगर पालिका वाडा नम्बर १८ का वाडा अध्यक्ष समेत रहेका यादव ले बारा र पर्साका मध्य भागमा रहेकोले यस क्षेत्रका ग्राहकहरु अब बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।
साथै अब कलैया बिरगंज का ग्राहक हरु ले पेट्रोल र समयको खर्च गरेर ३ नम्बर पुर र पिलुवा जाने बाटो को पनि अन्त्य हुने र समय र पैसा दुबैको बचत हुने समेत अध्यक्ष यादव ले बताए ।
त्यस्तै यस पेसामा नंया आएका संचालक यादब ले भने ग्राहकहरुको लागि दिने सेवा सुबिधा र गुणस्तरीय मा कुनै कम्पर्माईज नहुने र एक्स्पर्ट कुकहरु द्वारा विभिन्न भेराईटिका मासु,तथा माछा का परिकारहरु सस्तो र सुलभ दर रेट मा पाउने ´´द“भिलेज किचेन का
संचालक असोक प्रसाद यादव ले बताए ।