अजित कुमार भुजेल। बिरगंज , माघ २३ गते शुक्रबार ।
समुदाय – प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा श्रीपुर मुर्लीको आयोजानमा र पब्लिक एफ.एमको सह-कार्य तथा मनकामना माध्यमिक बिधालयको सहयोगमा लैङ्गिक हिसां तथा दाईजोको विरुद्धमा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
मनोकामना माबी भगवतीटोल -४ बिरगंजको प्राङ्गणमा सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीकी उपाध्यक्ष रेखा धिमिरेको अध्यक्षामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेय, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका वरिष्ठ उपाध्यक्ष जयलाल साह कानु, पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारु, मनाकामना माबिका प्र.अ पुरन प्रधान, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का सदस्य जगत राई, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी, श्रीपुरका दिपक साह, पब्लिक एफ.एमका कार्यक्रम संयोजक लालबाबु सिंह, सामुदायिक प्रहरी सेवा केन्द छपकैयाका अध्यक्ष हाजि ग्यासुदिन ठकुराई, सामुदायिक प्रहरी सेवा केन्द श्रीपुरका सचिव दिलिप प्रधान, अभिभावक संघका अध्यक्ष अमर गौतम, विरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका त्रिलोकि दारुका , संचारकर्मी दिपक गौतम, सन्तोष रंजितकार, अजित कुमार भुजेल , पब्लिक एफ.एमका कार्यक्रम संचालक अनिल सहनी निषाद, संजय दास थारु, रेखा सिंह, एन्जल चौधरी, मा.साहिल अख्तर गद्दी, दिनेश यादव लगायत स्कुलका शिक्षक सुनिल यादव , रन्जित श्रीवास्तव , शिक्षिका र ८,९,१० का छात्र छात्राहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
सो बिध्यालयमा अध्यनरत बिध्यार्थी ईमरान आलम, एलिसा गुप्ता, प्रफुल कर्ण, निकि गुप्ता, अर्णभ न्यौपाने, खुशी साह, हुस्नआरा खातुन लगायत अन्य धेरै बिध्यार्थीले हाथ उठाएर दाईजोको बिरोध गरेका थिए ।
स्वागत मन्तव्य मनोकामना स्कुलका प्रिन्सिपल पुरन प्रधानले गर्नु भएको थियो भने कार्यक्रमको संचालन पब्लिक एफ.एमका स्टेशन प्रमुख राजेन्द्र सिंहले गरेका थिए ।