23.6 C
Birgunj
Homeसमाचारस्थानियसामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंजको बैठक सम्पन्न ।

सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंजको बैठक सम्पन्न ।

 

बिरगंज , माघ १९ गते सोमबार ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ बिरगंज पर्साको बैठक आज सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा सोमबार बसेको बैठकले यहि माघ १७ गते शनिबार आयोजना गरेको स्वागत , सम्मान र खुल्ला रक्तदान कार्यक्रमको समिक्षा गर्नुका साथै सो कार्यक्रममा भएको खर्च र दाताहरुबाट भएको सहयोगको बारे छलफल भएको थियो ।
सो कार्यक्रममा रु. २९,८४०/- खर्च भएको थियो भने विभिन्न दाताहरुबाट नगद सहयोग रु. २६,४००/- गरेका थिए ।त्यसैगरि रक्तदान कार्यक्रममा सहयोग गर्नु हुने विभिन्न संघसस्था, रक्त सन्चार केन्द्र , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , स्थानिय स्वयमसेवक र रक्तदाताहरुलाई हिर्दय देखि धन्यवाद दिएको थियो ।सो कार्यक्रममा मुख्य सहयोगीको रुपमा सानो पाईला बचत तथा ऋण सहकारी सस्था लि. बिरगंज रहनु भएको थियो भने अन्य सहयोग राज होजियारी रानिघाट , ग्वाला डेरि सेन्टर छपकैया-२ , एमईएस स्कुल छपकैया-३ , रोयल समानी ब्रेकरी उद्योग छपकैया-२, शेष सम्सादले आवस्यक सरसामान उपलब्ध गराएका थिए ।
बैठकमा वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिब प्रबिण बिक्रम शाह , कोषाध्यक्ष प्रेम कुमारी सिंह , सदस्य अजित कुमार भुजेल , टिकादेबि प्रसाईं , धिरज शर्मा , जेयाउल हक समानी , बिट्टु नेपाली ( एेसहनुल हक ) , प्रहरी हवल्दार देवेन्द्र पटेल र प्रहरी जवान राजकुमार तामाङको सहभागिता रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here