28.4 C
Birgunj
Homeसमाचारस्थानियचोरी गरेको ६ वाट मोटरसाईकल सहित ५ जना मानिसहरु पक्राउ ।

चोरी गरेको ६ वाट मोटरसाईकल सहित ५ जना मानिसहरु पक्राउ ।

 

धनुषा , माघ १८ गते आइतबार ।

सशस्त्र प्रहरी बल नेपाल सरक्षा बेश नक्टाझिज धनुषामा कार्यरत रहेका स.प्र.ज. मिथिलेश कुमार राउतको ज.८ प.८७७५ नम्बरको मो.सा. जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ सखुवा बजार जाने सडकमा पार्किङ्ग गरि राखेको अवस्थामा र ऐ. स्थितमा लाग्ने मबेशी (गोरु/भैंसी) बजारबाट जिल्ला धनुषा जनकपुर बस्ने अजय साहको ज.१२ प. ६११८ नम्बरको मोटरसाईकल अज्ञात व्यक्तिहरुले चोरी गरी लगेको सुचनाको प्राप्त भए अनुसार चोरी गरी लगेको मो.सा. हरुको खोजतलास गर्ने क्रममा ई.प्र.का. महेन्द्रनगर धनुषाबाट प्र.ना.नि.राजेश कुमार जैसवालको कमाण्डमा खटी गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. वडा नं. ९ स्थितमा रहेको जलाद खोला हुदै जादै गरेको मो.सा.लाई रोकी जेक जाँच गर्दा चोरी गरी लगेको मो.सा.हरु मध्ये ज.८ प. ८७७५ नं. को अपाचे मो.सा. सहित जिल्ला सिरहा विष्णुपुर गा.पा. वडा नं. ३ रजोखोर बस्ने वर्ष अं. २१ को रोहित कुमार यादवलाई पक्राउ गरिएको र निजलाई सोधपुछ गर्दै जादाँ निजले आफु बस्ने डेरा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. वडा नं. ५ कुचाईटोल स्थितबाट सखुवा बजारबाट चोरी गरी लगेको ज.१२ प. ६११८ नं. २२० सि.सि. को पल्सर मो.सा. र अन्य स्थानबाट चोरी गरी ल्याएको स.७ प. ५२०३ नं.को डिस्कोभर मो.सा. र को. ३८ प. ७६४ नं. को सुपर स्पेण्डर मो.सा. निज रोहित कुमार यादवको डेरा कोठाबाट बरामद भएको तथा मोटर चोरीमा प्रयोग हुने पेचकस ३ थान, ब्याट्री १ थान, रिन्च ३ थान र लेगार्ड १ थान समेत बरामद भएको तथा चोरीमा संलग्न अन्य दुई जना व्यक्ति जिल्ला सिरहा विष्णुपुर गा.पा. वडा नं. २ राजपुर बस्ने राम ईश्वर यादवको छोरा वर्ष अं. २१ को प्रमोद कुमार यादव र जिल्ला धनुषा सबैला न.पा. वडा नं. ४ पटेर्वा बस्ने वर्ष अं. २० को अमरेन्द्र कुमार यादवलाई स.४ प. ५७४६ नं.को मो.सा. सहित जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ ईच्छापुबाट नियन्त्रणमा लिईएको र जिल्ला सिरहा विष्णुपुर गा.पा. वडा नं. २ वस्ने वर्ष २२ को मनोज कुमार यादवले जिल्ला धनुषा महेन्द्रनगरबाट चोरी गरि लगेको ना. ३९ प. ६३८२ नं. को १५० सि.सि. को पलसर मो.सा. ऐ.ऐ. वस्ने वर्ष २३ को कन्हा भन्ने जितेन्द्र यादव संग वेचेकोमा निजहरू ५ जना र ६ वटा मो.सा. समेत नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here