वीरगंज ,माघ १८ आइतबार । युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान सुरु गरेको छ ।
समाजको आईतवार कार्यालयको सभाहलमा बसेको बैठकले युवा जागरण अभियानको लागि एक समिति निर्माण गरी कार्य थलानी गर्न कार्यदेश दिएको छ ।
युवा जनशक्ति नेपालका अध्यक्ष बिनेश प्रसाद कुर्मीको सभापतित्वमा बसेको बैठकले युवा जागरण अभियानको लागि प्रदीप ठाकुरको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ ।
सो कमिटीको सह–संयोजकमा संगीता पाण्डे, सदस्यहरुमा सुभाष चन्द्र गुप्ता, अजय कुमार चौरसिया, श्रवण प्रसाद साह, रंजीत चौरसिया, अफरोज अहमद, करण पटेल, कुन्दन गुप्ता, बिदया सागर, नन्दलाल ठाकुर रहनु भएको छ ।
सो समितिको बरिष्ठ सल्लाहकारमा बिरेन्द्र ठाकुर र शेष मखदुम जहाँगस्त रहनु भएको छ ।
नव गठित अभियानले समाजमा रहेका कुरिति, बिसंगतीलाई हटाउन, युवाहरुलाई सामाजिक कार्यमा लगाउन अभिप्रेरित गर्ने, कुलतमा लागेका, बेरोजगार युवाहरुलाई रोजगारको लागि पहल गर्ने, युवाहरुमा रहेको हरेक समस्या समाधानका लागि पहल गर्ने उदेश्यका साथ सो अभियान सुरु गरेको समाजका अध्यक्ष कुर्मीले जानकारी दिनु भयो ।
सो अवसरमा संस्थाका सचिव जायेद हुसैन, नेहाल अहमद लगायतका पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेको थियो ।