बिनोद पटेल
वीरगंज,माघ १६ शुक्रबार
नया आएका पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे र पर्सा संचारकर्मीहरु बिच भेटघाट भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा गरिएको भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उपरीक्षक पाण्डेले पर्सा जिल्लाको शान्ति सुरक्षालाई कायम गर्ने मुख्य दायित्व रहेक बताए ।
पर्सा जिल्ल मा खुल्ला सिमानाका कारण शान्ति सुरक्षा व्यवस्थापनमा अति नै चुनौती रहेको र सिमा जिल्ला का क्षेत्रमाहरुमा बिशेष निगरानी समेत गरिने वाहा ले बताए ।
वाहाले पर्साको सिमाक्षेत्र भारत संग जोडिएको जिल्ला भएकोले लाुगऔषधओसार पोसार मा नियन्त्रण र अबैध कारोवारहरुको नियन्त्रण गर्नेमा समेत बताए । त्यस्तै आज नै जिल्ला प्रहरी कार्यालय पर्साले कर्तव्य ज्यान मुद्दाका ओरोपितहरु र लागुऔषध ओसार पोसार मा सम्लग्न रहेको व्यक्तिहरुलाई आजै पत्रकार भेट घाट मा सार्वजनिक गरेको छ ।
पर्सा प्रहरीले गत पुस १ गते बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी बस्ने अकलेश राउत यादवको २०७७-९-१ गते दिन को १२ बजेको समय मा जिल्ला पर्सा पर्सागढी ना.पा. वाड नम्बर ६ चैनपुर मा आफनै खेत जगा रहेको आलि मा रहेको पकडीको रुखमा झुन्डिएको अवस्थ मा फेला परेका थिए । र पछी अनुसन्धान गर्दै जादा हत्यामा संलग्न रहेको आरोपमा पर्सा गढी नगरपालिका वडा नम्बर ५ बस्ने ५१ बर्षिय भागरित राउत अहिर, र सोहि ठाँउ मा बस्ने बर्ष ४१ का शेष ताहिर मियाँ , छठु पटेल भनिने दिनेश पटेललाई आजै सार्वजनिक गरेको थियो ।
त्यस्तै ४ बर्ष पहिला २०७३-६- २० गते बिहान ६ बजे को समयमा बिरगंज महानगरपलिका १४ स्थित चिनिमिल आवास क्षेत्र भित्र रहेक घाँस झार्पात सहित पानी जमेको खाली ठाउँमा उतानो परि फेला परेका बहुदरमाई नगरपालिका वडा नम्बर ८ बस्ने ९ बर्षिय राजन पटेलका हत्याका आरोपित रेयन महतो कम्कर लाई पनि आजै सार्वजनिक गरेको छ ।
त्यस्तै जिल्ला प्रहरीकार्यालयले माघ १ देखि १५ गते सम्म अबैधरुपमा भन्सार छली चोरी पैठारी गरि ल्याएको गाडीहरू लता कपडाहरु, खाद्यन्न, काठ, किरानाको समानहरु लागयत विभिन्न माल बस्तुहरु पनि आजै सर्वाजनिक गरिएको छ ।
त्यस्तै प्रहरीले पर्सा मा लगाएको विभिन्न ठाउँ को पर्सा गढी नगरपालिका ४ हर्दासपुर ८ काठा , जिरा भवानि गा.पा. ५ संकर सरैया मा ४ काठा ११ धुर पटेर्वासुगौली गा.पा. ३ डेकुली मा १कठा १० धुर सखुवा प्रसौनी गा.पा.१ खजुरिया मा ५ काठा ७ काठा , गरि १ बिगहा १६ काठा ११ धुरमा लगाइएको २५ हजार पाँचसय गाँजाको बोट नष्ट गरिएको आजै पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।
त्यस्तै पर्सा प्रहरीले ,नुर्फिन १०३३ पिस , निट्राभेट ट्याबलेट ११७४ पिस , र कोरेक्स ५८६ बोतल सहित ७ जनालाई सार्वजनिक गरेको छ ।
माघ १ देखि १५ सम्म मा अबैध घरेलु मदिरा उत्पादन गर्ने ९ वटा भट्टी नस्ट गरि सो भट्टी मा तयारी रहेको १००० लिटर मदिरा कच्चापदार्थ ४७००लिटर र २९ वटा ठुलो ड्राम तथा मदिरा बनाउने ७ थान मसिन समेत बरामद गरिएको छ । आ.वा. ७७/७८ साल श्रावण देखि २६ थान चोरी तथा हराएको मोबाइलहरु खोज तलास गरि १० वटा मोबाइल सम्बन्धित धनीलाई बुझाईएको र ७७- १०- १ देेेखि १५ गते सममा अबैैध रुपमा समातिएका स्कारपियो १ थान ट्रक १थान र ट्रयाकटर १ थान गरि अहिलेेसम्म रु.८८,३४१३० अठासी लाख चोतिस हजार एक सय तीस रुपैया बराबरको माल समाना बिरगंज भन्सार कार्यालय मा बुझाईएको पत्रकार सम्मेलन मार्फत एसपी पाण्डेले बताए ।