30.8 C
Birgunj
Homeसमाचारस्थानियपब्लिक एफएमको आयोजनामा "दाईजो मुक्त समाज निमार्ण "बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न ।

पब्लिक एफएमको आयोजनामा “दाईजो मुक्त समाज निमार्ण “बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न ।

अजित कुमार भुजेल

बिरगंज , माघ १५ गते बिहीबार ।

पब्लिक एफएम १०४.४ मेघाहर्जले आयोजना गरेको सामाजिक बिकृति दाईजो विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
बिरगंज महानगर पालिका वडा न.१४ बहुवरी स्थित कुल्लिया उम्मे कुल्सुम लिल्वनात बिद्यालयमा बिहीबार कार्यक्रम संयोजक लालबाबु सिंहको अध्यक्षताम र बिरगंज महानगर पालिका वडा नं. १४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा सामाजिक दाईजो प्रथालाई जरैबाट निर्मुल पार्न दाइजो दिनु भन्दा पहिले आफ्नो छोरीलाई सक्षम बनाउन शिक्षामा लगानी गर्नु पर्ने प्रमुख अतिथि कुर्मीले बताउनु भयो।यसको लागी आफ्नो निन्तर सहयोग रहने समेत बताए । त्यसैगरि दाइजो एवंम कुरिती विरुद्ध जागरण मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले दाइजो लिने व्यक्ती भिखारी भएकोले भिखारी घरमा बिवाह नगर्न र त्यसको बिरोध गर्न अनुरोध गर्दै पुरुष भन्दा महिला केही कुरामा कम नभएको र जुन काम पुरुषले गर्न सक्दैन त्यो काम महिलाले गरेर देखाएको उदाहरण रहेको बताए ।
कार्यक्रममा नृसिंह माबि बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु प्रसाद पटेल, सशस्त्र बल १३ नं.गण हेडक्वाटरका प्रहरी निरिक्षक अशोक चालिसे, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरिक्षक श्याम किशोर यादव, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक शंकर चौधरी, कुल्लिया उम्मे कुल्सुम लिल्वनात बिध्यालयकी प्रधानाध्यापक रोसन आरा, जामिया राहामानिया बिध्यालयकी प्रधानाध्यापक रिमा हवारी, स्थानिय समाज सेवी रहिमुल्लाह अंसारी, वडा सदस्य रफिक अंसारी, संचारकर्मी रेखा सिंह, एन्जल चौधरी, संजय दास थारु, अजित कुमार भुजेल, बिधालयको छात्रा लगायत स्थानिय महिलाको उल्लेखीय सहभागीता रहेको थियो ।
सो अवसरमा बिधालयकी छात्रा नारसा खातुन, यासमिन खातुन, खुशनुदा नेसा, खुशी प्रवीण, फतिमा नौसिन, रौजिना अफजल, कालमा खातुन, तमन्ना खातुन, लगायतले दाईजो बिकृति बारेमा आफ्नो धारण राखेका थिए ।त्यसैगरि उपस्थित बिद्यार्थीहरुले आफुले दाइजो नदिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
स्वागत कार्यक्रम संयोजक लालबाबु सिंहले गर्नु भएको थियो भने कार्यक्रमको संचालन स्टेशन प्रमुख राजेन्द्र सिंहले गर्नु भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here