अजित कुमार भुजेल
बिरगंज , माघ १३ गते मंगलवार ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा का निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय चितवन, उधोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधि सहित चितवन जिल्लाको नारायणगढ बजार अनुगमन गरिएको थियो ।
मंगलवार अनुगमन गर्ने क्रममा कुनै पनि व्यापारीले आफ्नो पसलमा मुल्य सुचि नराखेको पाईएकोले उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम श्रेष्ठ कन्सर्न , भरतपुर- ५ चितवनले मूल्य सूची नराखेकोले रु. ५०,०००(पचास हजार ), नेशनल ट्रेड बिजनेश, भरतपुर- २ चितवनले मूल्य सूची नराखेकोले रु. ५०,०००(पचास हजार),
ए एस ट्रेडर्स चुरा कस्मेटिक पसल, भरतपुर-२ चितवनले मूल्य सूची नराखेकोले रु. ५०,०००(पचास हजार),
विनोद एण्ड डिला इम्पोरीयम, भरतपुर- २ चितवनले मूल्य सूची नराखेकोले रु. ५०,०००/-(पचास हजार),
चितवन पर्दा हाउस, भरतपुर- २ चितवनले मूल्य सूची नराखेकोले रु. ५०,०००(पचास हजार), पलमी इन्जिनियरिङ इंटरप्राईजेज,भरतपुर -२ चितवनले मूल्य सूची नराखेकोले रु. ५०,०००(पचास हजार), गुप्ता धागो स्टोर्स,भरतपुर-३ चितवनले मूल्य सूची नराखेकोले रु. ५०,०००(पचास हजार),ओम साइराम प्लास्टिक सप्लायर्स, भरतपुर-१० चितवनले मूल्य सूची नराखेकोले रु. २०,०००(बीस हजार) र एस .एच. ट्रेडर्स, भरतपुर-२ चितवनले मूल्य सूची नराखेकोले रु. २०,०००(बीस हजार) तत्काल जरिवाना गरिएको छ । उक्त रकम ७ दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिनु भयो।