अजित कुमार भुजेल
बिरगंज , माघ १० गते शनिबार ।
नेपाल सद्धभावना पार्टीका संस्थापक तथा मधेशवादका पहिलो अभिनेताको रुपमा चिनिने स्व. गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा शनिबार गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र पर्साको आयोजनामा वीरगञ्जको रानीघाट स्थित रामजानकी धर्मशालामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र पर्साका संयोजक डाक्टर अनुज यादवको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्णको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विसिष्ट अतिथीमा नेपाली काङ्ग्रेश का केन्द्रीय सदस्य तथा तराई मधेश विभाग प्रमुख अजय चौरसिया , नेपाली काङ्ग्रेश पर्सा जिल्ला का सभापती अजय दुवेदी, वीरगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष असोक टेमानी, नारायणी उप क्षेत्रिय अस्पतालका मेसु डाक्टर संजय ठाकुर , जसपा केन्दीय सदस्य सुरेन्द्र कुर्मी, शिव पटेल , शसिकपुर मिंया,कृष्णा पटेल , अधिवक्ता पन्नालाल गुप्ता , रम्भा मिश्र लगायतको सहभागीता रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थिति प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्णले स्व. गजेन्द्र नारायण सिंह संग र उनले गरेको कामकाजहरुको स्मरण गर्दै भने अहिलेको परिवेशमा आफ्नो धन सम्पती त्यागेर राजनिती गर्ने नेता नभएको बताएका छन ।
स्वर्गीय गजेन्द्र नारायण सिंह जस्तो त्यागी नेता पाउन सकिदैन किनभने अहिलेको राजनितीकर्मी पैसा र पावरको लोभमा राजनिती गरि रहेको बताए।
सोहि कार्यक्रममा उपस्थित नेपाली काङ्ग्रेस पर्साका सभापती अजय दुवेदीले जनता नै क्रपट भएको बताएका छन ।
उनले थपे राजनितीकर्मी भन्दा क्रप्ट जनता बढी क्रप्ट भएको बताएका छन।
राजनितीको मुहान भनेको नै जनता हुन र जनताले चुनावको समयमा रक्सी र मासु संगै क्षणीक आर्थिक लोभमा परी आफ्नो अमुल्य भोटको दुरुपयोग गर्ने गरेको दुवेदीले बताएका छन ।
उनले भने स्व. गजेन्द्र नारायण सिंह असल त्यागी नेता र असल कार्यकर्ता रहेको उनले बताए ।
त्यसै उपस्थित वक्ताहरुले मधेशीहरुको अधिकार पहिचान र स्वाभिमान प्रतिको पहिलो मुद्धा उठाउने प्रथम व्यक्तीनै गजेन्द्र नारायण सिंह थिए ।
त्याग र बलिदानको स्वरुप आज मधेशी समुदायले आफ्नो पहिचान पाउन सफल भएको बताएका छन । तर आफै मधेशीका हक अधिकारको लागी सैद्धान्तिक लडाईको आवस्यकता समेत रहेको वक्ताहरुले बताएका छन ।
साथै समाजसेवी तथा जसपा युवानेता ओमप्रकाश सरार्फले कार्यक्रमको सहजिकरण गर्दै गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र काठमान्डौ अनामनगरबाट सुरुभई मधेशको पुर्व झापा जिल्ला देखि पश्चिम कन्चनपुर जिल्लामा संचालन भईसकेको र बिस्तारै नेपालको बिभिन्न जिल्लाहरुमा संचालन हुने समेत उनले बताएका थिए ।