अजित कुमार भुजेल
बिरगंज , माघ ०८ गते बिहीबार ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर बिरगंजको आयोजना र रुङ्गटा वेलफेयर सोसाइटी बिरगंजको सहयोगमा आर्थिक रुपले बिपन्न वर्गका ठेला चालकहरुलाई ३० थान कम्बल बितरण गरेको छ ।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको प्रमुख आतिथ्य मा बिहीबार कार्यालय परिसरमा ठेला चालकहरुलाई प्रमुख अतिथि पान्डेले कम्बल बितरण गर्नुका साथै गुप्त दानबाट प्राप्त रु. २ लाख ५१ हजार आमाको माया छात्राबाँसलाई नगद आर्थिक सहयोग पनि गरेको अध्यक्ष खेतानले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आउनु भएका नव आगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे लाई ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतीनिधिहरुले फुलको गुच्छाले स्वागत गरेका थिए ।बिरगंजमा केही दिन देखि अत्याधिक चिसो मौसमका कारण ठेला चालकहरु प्रभावित भएको देखे पछी ३० जनालाई प्रमुख अतिथिले कम्बल वितरण गरि कार्यक्रमको सुभारम्ब गर्नु भएको थियो ।
दिनभरी ठेला चलाएर राति ठेलामा नै सुतेर चिसोमा कठ्याङ्रीएर रात बिताउने गरेकोले त्यस्ता व्यक्तिहरुलाई राहत स्वरुप न्यानो कम्बल वितरण गरेको खेतानले बताए ।
सो कम्बल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले समुदाय र प्रहरी एक अर्काका परिपुरक र सहयोगी भएको बताउँदै प्रहरी र समाज मिलेर सामाजिक काम गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रमका सहयोगी रुङ्ग्टा वेलफेयर सोसाइटी का शुरेस रुङ्ग्टा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, प्रहरी नायब उपरीक्षक मनोजित कुवर, बिपत ब्यवस्थापन गुल्म बिरगंजका प्रहरी निरीक्षक सरोज प्रजापती, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कि, प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह , सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सन्जय शर्मा , सचिव मुकेश खेतान , सदस्यहरु त्रिलोक चन्द दारुका, बब्लु अग्रवाल, रतन टेमानी , चन्द्र अग्रवाल ,सुशील कादमिया, कैलास बजाज , नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खड्का,सन्जय श्रेष्ठ , मोहन थापा, रबि बर्णवाल , बिकाश बर्णबाल , असरफ अलि , संतोषमान रन्जितकार लगायतकाको उपस्थिति रहेको थियोे ।