25.1 C
Birgunj
Homeसमाचारप्रदेशराष्ट्रिय युवा संघ नेपाल पर्साको आयोजनामा बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम...

राष्ट्रिय युवा संघ नेपाल पर्साको आयोजनामा बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

 

अजित कुमार भुजेल ।                                               बिरगंज , माघ ०५ गते सोमबार ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पर्साको आयोजनामा बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बिरगंजको नगरसभागृहमा सोमबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पर्साका अध्यक्ष महमद निजामुदिनको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले युवाहरुमा पार्न खोजेको भ्रमहरु र आमजनताहरुमा पार्न खोजेको भ्रमहरुको बारेमा स्पष्ट पार्न देशव्यापी अभियानमा लागेको बताए ।लोकतन्त्र रक्षा र ताजा जनादेशको लागि नेपाल सरकारबाट घोषणा गरिएको मध्यावधी निर्वाचन तोकिएकै मिति हुने र सबै युवा शक्तिहरु एकजुट हुनु पर्ने समेत बताएका थिए । प्रधानमन्त्री केपि ओलिले संविधान , राष्ट्रियता , नेपाली जनताको उन्नति , देशको समृद्दि , देशको रक्षाका लागि काम गर्दै आईरहेकोले लोकप्रियता देख्न नसकेर प्रचण्ड र माधवले षडयन्त्र गरेकोले गलत मान्छेको हातमा सत्ता दिनु भन्दा जनतामा जानू उतम भएकोले प्रधानमन्त्रीले सदन विघटन गर्नु परेको व्यक्ताहरुको भनाइ रहेको थियो ।
सो कार्यक्रममा बिशिस्ट अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष किरण पौडेल , रमेश आचार्य , सचिब अन्जना अधिकारी , नेकपाला केन्द्रिय सदस्य एवंम पुर्व सान्सद राजकुमार गुप्ता , केन्द्रिय सदस्य बसरुदिन अन्सारी , प्रभु हजरा , जयप्रकाश थारु , बिश्वम्भर शर्मा , प्रधुमन चौहान , मधेस बिभाग प्रदेश न.२ व्युरोचिफ सन्जिव झा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , सुन्दर कुर्मी ,जिल्ला कमिटी सदस्य एवंम नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , अनुप तिवारी , ईमरान हुसेन , हेमन्त तामाङ , अकलेस साह, राजन साह लगायत प्रदेश न.२ का युवाहरुको सहभागीता रहेको थियो।
कार्यक्रममा स्वागत राष्ट्रिय युवा संघका श्याम गुप्ताले गरेका थिए भने कार्यक्रम संचालन नेकपा पर्सा जिल्ला सदस्य सन्जिव मिश्रले गर्नु भएको थियो ।
त्यसै गरि आज प्रमोद महतोको नेतुत्वमा जसपा र काङ्ग्रेस बा ट पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका थिए ।नवप्रबेशीहरुलाई प्रमुख अतिथि महेश बस्नेतले अबिर र फुलमाला लगाई स्वागत गरेका थिए ।       प्रवेश गर्नु हुनेहरुमा राम असरे ठाकुर , अयुब महतो , सन्तोष उपाध्याय , सन्जय महतो , सुरेन्द्र मन्डल , सन्तोष पटेल , सोनु महतो , जगन गुप्ता , अरुण महतो , कुन्दन मन्डल लगायत रहेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here