14.1 C
Birgunj
Homeसमाचारस्थानियनिसुल्क आँखा शिबिर सम्पन्न । 

निसुल्क आँखा शिबिर सम्पन्न । 

अजित कुमार भुजेल

बिरगंज , पौष २७ गते सोमबार ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको सन्युक्त आयोजना र मार्टिका आई फाउन्डेसनको सहकार्य र आस्था नेपालको सहयोगमा नि:सुल्क आँखा शिबिर कार्यक्रम सम्पन्न  भएको छ ।

सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीको सचिव दिलिप प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल रहनु भएको थियो ।

आज भएको निसुल्क आँखा शिबिरमा ७१ जनाको  आँखा चेकजाँच  गर्ने क्रममा १७ जना बिरामीमा मोतिया बिन्दु पुुस्ट्टि भएको र  उनिहरुको निसुल्क अपरेसन हुने मार्टिका आई फाउन्डेसनका डा. महेश सिंह धामिले  जानकारी गराउनु भयो

आँखा शिबिर कार्यक्रम मा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह , पर्सा ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन कार्की , प्रदेश न.२ निबर्तमान अध्यक्ष राम सरार्फ , मार्टिका आई फाउन्डेसनका डा. महेश सिंह धामी , वडा न.११ का वडा अध्यक्ष प्रधुमन सेढाई , नेवा पुच: मुर्ली पर्साका सह – प्राध्यापक हरि बैद, सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष जयलाल साह , उपाध्यक्ष रेखा घिमिरे , सदस्य जगत राई , सन्चारकर्मी सन्तोषमान रन्जितकार , मन्सुर खान , जाकिर हुसेन , प्रमिला शाही , शिलु गौतम , चम्पा सिंह , रोशनी सिंह , शान्ती सिंह , अरुणा राणा , यशोदा र गोमा लगायतकाको उपस्थिति रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here