14.6 C
Birgunj
Homeसमाचारप्रदेशवीरगञ्जमा गरिएको परिक्षणमा थप ४१ जनामा कोरोना पुष्टि

वीरगञ्जमा गरिएको परिक्षणमा थप ४१ जनामा कोरोना पुष्टि

बिनोद प्रसाद पटेल ,वीरगञ्ज १५ भदौं २०७७

वीरगञ्जमा थप ४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ३ जनाको जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएको छ । अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाका अनुसार विभिन्न स्थानबाट आएका ४ सय ३६ जनाको स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा ३८ जनामा र अस्पतालको आकष्मिक कक्षमा भर्ना भएका ४ जनाको जिन अक्स्पर्ट प्रविधिबाट परिक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
८ महिलासहित थपिएका सङ्क्रमितमा ६ वर्षीय बालकदेखि ७० वर्षीय वृद्धसम्म रहेका छन् । जसमध्ये पर्साका ३२ जना, बाराका ४ जना, सर्लाहीका एक जना र ठेगना खुल्न नसकेका एक जना रहेको डाक्टर चौरसियाले बताए । जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएकाहरुको पनि ठेगाना खुलेको छैन ।
पर्सामा थपिएका सङ्क्रमितहरुमध्ये वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका २१ जना, कालिकामाई गाउँपालिकाका ९ जना र जिराभावानी गाउँपालिकाको २ जना रहेका छन् ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ मा सबैभन्दा धेरै बाह्र जना, वडा नम्बर २ मा तिन जना, वडा नम्बर २० मा २ जना र वडा नम्बर ५, ६, १३ र १५ मा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर १ र ४ मा चार/चार जना र वडा नम्बर ३ मा एक जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी जिराभावानी गाउँपालिकाको वडा नम्बर २ को दुई जना सङ्क्रमित भएको डाक्टर चौरसियाले जानकारी दिए ।
यता बारा जिल्लाको कोल्भी नगरपालिकाको ३ जना र महागढ़ीमाई नगरपालिका वडा नम्बर ११ का एक जनापनि सङ्क्रमित भएका छन् । सर्लाहीका सङ्क्रमित रामनगर गाउँपालिकाका हुन् ।
थपिएका सङ्क्रमितहरुको सिटि भ्यालु १७ देखि ३२ सम्म रहेको डा. चौरसियाले जानकारी गराए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here