34.6 C
Birgunj
Homeसमाचारस्थानियसिरहा प्रहरीद्वारा नक्कली नेपाली नोट सहित ३ जना पक्राउ ।

सिरहा प्रहरीद्वारा नक्कली नेपाली नोट सहित ३ जना पक्राउ ।

- Advertisement -spot_img

 

सिरहा , कार्तिक २७ गते बिहीबार ।

आज दिउँसो २, बजेको समयमा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश गोलबजार, सिरहाको संयुक्त टोलिले जिल्ला सिरहा गोलबजार न.पा. वडा नं. ६ स्थित बिरेन्द्र महतोको घरमा डेरा गरी बस्ने जिल्ला सिरहा कल्याणपुर न.पा.नं.७ भेडिया बस्ने बर्ष २५ को बिमलेन्द्र नायक
जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.१२ बेतौना बस्ने वर्ष २५ को धिरज राय र
ऐ. ऐ. बस्ने बर्ष २० को संजय कुमार रायहरुलाई एक हजारको नक्कली नपाली नोट ६ लाख ८४ हजार र
HP कम्पनीको ल्यापटप थान-१
कयानन कम्पनीको प्रिन्टर थान-१
प्लाष्टिकको फोल्डिङग सानो टेबल थान-१
स्केल स्टिलको थान-३
कैची थान-२ र
मोटरसाईकल थान-१ सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि ई.प्र.का. गोलबजार सिरहामा ल्याईको र थप अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here