34.6 C
Birgunj
Homeसमाचारस्थानियपोखरीया युवा समाजद्धारा शुभकामना आरदान प्रदना कार्यक्रम सम्पन्न ।

पोखरीया युवा समाजद्धारा शुभकामना आरदान प्रदना कार्यक्रम सम्पन्न ।

- Advertisement -spot_img

बिनोद पटेल , पर्सा पोखरीया, २८ कार्तिक
पोखरीया युवा समाजद्धारा चियाँपानसहित शुभकामना आदान प्रदाना कार्यक्रम सम्पन्न भएकोे छ । पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया युवा समाजले हिन्दुहरुको महान पर्व दिपावली तथा छठको शुभ अवसरमा चियाँ पानसहित शुभकामना आदान प्रदाना कार्यक्रमको आयोजना गरेको थियो ।

पोखरीया युवा समाजले आफ्नो समाजप्रति महत्वपुर्ण भुमिका निर्वाह गर्दै आइरहेको स्थानियले बताएका छन् । कोरोना महामारीको समयमा पोखरीया युवा समाजले रातदिन खट्टि आफ्ना समाजका लागी महत्वपुर्ण योगदान दिइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पोखरीया युवा समाजले आफ्नो समाजमा रहेका गरीब, असहाय परिवारको छारीको विवाह र बालबालीकाहरुको शिक्षाको लागी आर्थिक सहयो पनि गर्दै आइरहेको पोखरीयाका युवा समाजसेवी सुजित गिरीले बताए । गिरीले बताए अनुसार आफ्नो समाजमा रहेका अतिविपन्न गरीब परिवारका लागी पोखरीया युवा समाजले जेजति सकेसम्म सहयोग गर्ने तयार रहेको छ ।

पोखरीया युवा समाजका अध्यक्ष भगवान दास तात्वको अध्यक्षतामा सो कार्यक्रमको आयोजना भएको थियो । कार्याक्रमा बचन श्रीवास्तव, प्रदेश सभासदस्य पहलाद गिरी, मन्जुर अन्सारी, पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियार, उपमेयर सल्मा खातुन लगायत राजनितीकर्मीहरुको सहभागीता रहेको थियो ।

त्यतै पोखरीया युवा समाजका सदस्य रकेश महतो, नवसाद आलम, दिनेश मिश्रा, इन्द्रदेव पटेल, संतोष चौहान, मुमताज आलम, मकुबुल आलम, मनिर आलम, प्रिन्स, पवन, तराचन्द्र लगायत अन्य सदस्यहरुको सहभागीता रहेको थियो ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here