जिल्ला प्रहरी कार्यालय पर्साले भारी मात्रामा अवैध कुखुराको चल्ला बरामद ।

0
38

पर्सा कार्तिक  १४  गते शुक्रबार
जिल्ला प्रहरी कार्यालय पर्साले भारी मात्रामा अवैध कुखुराको चल्ला बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ बाट मोटरसाइकलमा लोड गरेर भारत तर्फ लागिरहेको अवस्थामा भारी मात्रामा अवैध कुखुराको चल्ला बरामद गरेको हो ।
मोटरसाइकल र चल्ला बरामद गरिएपनि मोटरसाइकल चलाउने तस्करहरु भने फरार भएका छन् । प्रहरीलाई देख्न साथ् तस्करहरु मोटरसाइकल छोडेर फरार भएका थिए । प्रहरीले तस्करहरुले चलाईरहेको विआर ०५ एस ३३८९, विआर ०५ एस ४१५८ र विआर ०५ एस ११४३ नम्बरको ३ वटा भारतीय मोटरसाइकल भने जफत गरेको छ ।
त्यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ बाट ना.३ च ३२४८ को पिकअप भ्यान र ग १ क २५९० को मिनी ट्रकबाट पनि अवैध चल्ला बरामद गरेको छ ।
मिनी ट्रक, पिकअप भ्यान र ३ वटै मोटरसाइकलबाट प्रहरीले ३२ हजार ६ सय ३२ गोटा चल्ला बरामद गरिएको जनाएको छ ।
प्रहरीले मिनी ट्रक चालक धादिङ जिल्ला सितालेख गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय कृष्ण बहादुर नेपाली, सह-चालक २९ वर्षीय राम कृष्ण नेपाली र पिकअप चालक चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्बर ६ बस्ने सुवर्ण कुम्हाललाई भने पक्राउ गरेको छ
मोटरसाइकलबाट चल्ला बरामद गरेपछि खोज तलास गर्दै जाँदा मिनी ट्रक र पीकअप भ्यानपनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । सोधपुछको क्रममा सबै चल्ला तस्करहरुले चितवनबाट ल्याएर भारत तर्फ लैजान खोजिरहेको पाइएको छ ।
जफत गरिएका चल्ला, मोटरसाइकल, पिकअप भ्यान र मिनी ट्रक र पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला पशु क्वारेन्टाईन सिर्सिया पर्सामा पठाईएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here