ओवीसी महासंघ पर्साले मुकेश चौरशिया को घटनामा संलग्नविरुद्ध स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने माग ।

0
57

 

बिनोद पटेल
बिरगंज कार्तिक ९ आइतबार

पर्साको विन्दवासनी गाँउपालिकाको प्रसौनीभाठामा गत बिहीबार नेकपाको गाउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा परेर मृत्यु भएका नेकपाका पर्सा जिल्ला कमिटी सदस्य तथा गाउँ कमिटी सचिव मुकेश चौरसियाप्रती अखिल नेपाल पिछडावर्ग ओवीसी महासंघ पर्साले शोक व्यत गर्दै मृतक चौरसिया र झडपमा परी गम्भिर घाईते भएकाहरुको सन्दर्भमा न्यायीक छानविन गरि दोशी पता लगाउनको लागि भन्दै अनुसन्धानका लागि उच्च स्तरीय कमिटी गठन गनुपर्ने माग गरेका छन ।
ओवीसी महासंघले गत कात्तिक ६ गते बिहीबार का दिन आयोजना भएको उक्त कार्यक्रममा उपस्थित नेता र सदस्यहरु माथि पनि भएको घटनाको स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने विज्ञप्ती मार्फत माग गरिएको हो ।
ओवीसीका महासंघ केन्द्रिय महासचिव तेज प्रकाश निषाध , पर्सा जिल्ला अध्यक्ष अकलेश साह , नगर अध्यक्ष रोशन सरार्फ र सह- सचिव राजन साहद्वारा हस्ताक्षरीत विज्ञप्तीमा कुनै कसैमाथि राजनीतीक प्रतीशोध नराखी यथाशिघ्र छानविन गर्न सम्बन्धीत निकाय सङग अखिल नेपाल पिछडावर्ग ओवीसी महासंघ पर्साले जोडदार माग गरकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here