33.1 C
Birgunj
Homeसमाचारस्थानियसामुदायिक सेवा केन्द्र मुर्लीको आयोजनामा महिला हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

सामुदायिक सेवा केन्द्र मुर्लीको आयोजनामा महिला हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

 

बिरगंज , असोज २८ बुधबार

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महिला हिंसा बिरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको केन्द्रिय कार्यालयको परिपत्र अनुसार नेपालका सम्पुर्ण महानगरपालिका , उपमहानगर , नगरपालिका , गाउ पालिका , सम्पुर्ण वडाहरुमा आर्थिक बर्ष २०७७/२०७८ को असोज महिना देखि अषाढ मसान्तसम्म एक बर्ष भित्रमा गर्नुगर्ने कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली पर्साको असोज महिनामा दुई कार्यक्रम रहेकोमा यश अघि रक्तदान कार्यक्रम सम्पन्न भैई सकेको र आज महिला हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

त्यसै अन्तर्गत आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली पर्साको आयोजनामा ” महिला हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम” बिरगंजको त्रिमुर्ति हलमा रहेको सामुदायिक सेवा केन्द्र मुर्लीको कार्यालय परिसरमा उपाध्यक्ष रेखा घिमिरेको सभापतित्वमा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरि निरीक्षक कौशल कुमार बर्तौलाको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिशिस्ट अतिथि जेष्ठ नागरिक पशुपति बिक्रम शाह , समाजसेबि उषा शाह , जेष्ठ नागरिक पर्साका सचिव जुमादिन शेष हवारी , सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण रायमाझी , सामुदायिक सेवा केन्द्र मुर्लीका सचिब दिलिप प्रधान , सस्थापक सदस्य हिरा गिरि , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , स्थानिय महिला , बुद्धिजिबि र सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्चालन सन्चारकर्मी एवं सामुदायिक सेवा केन्द्र मुर्लीका सदस्य जगत राईले गर्नु भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here