34.6 C
Birgunj
Homeसमाचारजिल्ला प्रशासन कार्यालय पर्सामा अधिकृत खतिवडाको घुस आतँक, बिचौलिया मार्फत बार्गेनिङ्ग

जिल्ला प्रशासन कार्यालय पर्सामा अधिकृत खतिवडाको घुस आतँक, बिचौलिया मार्फत बार्गेनिङ्ग

- Advertisement -spot_img

वीरगंज पर्सा, २१ असार । जिल्ला प्रशासन कार्यालय पर्साबाट बिना घुस कुनैपनि काम नहुने गरेको सेवाग्राहीहरुले आरोप लगाएका छन् । सम्पूर्ण कागजात पुरा गरेर सेवा लिन पुग्दा पनि घुस नदिएकै कारण अनावश्यक सास्ती झेल्नुपरेको सेवाग्राहीहरुको आरोप छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट सेवा लिनुछ भने बिचौलिया मार्फत घुस दिए सहजै तरिकाले काम हुने र घुस नदिए सम्पूणर् कागजात भएपनि सहज सेवा पाउन नसकेको गुनासो गरेका हुन् ।

नागरिकता बनाउनका जिल्लाको ग्रामीण भेगबाट आउने सेवाग्राहीहरुलाई दुःख दिने मनसायले प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाले फाइल नै रोक्ने गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको मात्रै नभई यहाँबाट अन्यत्र रहेका सेवाग्राहीहरु नगरिकता बनाउन आउँदा अधिकृत खतिवडाले बिचौलिया मार्फत नआएकै अथवा घुस नदिएकै निहुँमा अनावश्यक दुःख दिने गरेको पाइएको हो । सम्पूर्ण कागजात हुँदाहुँदै अधिकृत खतिवडाले एकजना सेवाग्राहीको दुई दिनदेखि नागरिकताको फाइल आफ्नो दाराजमा राखेर रोकेका थिए ।

वीरगंज महानरपालिका वडा नं. ८ को कार्यालयमा सिफारिस लिन जाँदा त्यहाँ रहेका दलालले सहज तरिकाले नागरिकता बनाईदिन १० हजार रुपैयाँ माग गरेका थिए । पैसा नदिएकै कारण सबै कागजातहरु पुर्‍याएर नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय आउँदा अधिकृत खतिवडाले उनको फाइललाई सहायक प्रमुख जिल्ला अधिकारीको निर्देशनमा रोकिएको भनेर दराजमा राखे । भोलिपल्ट बिहीबार सहायक प्रजिअसँग बुझ्दा आफूले कुनै फाइल नरोकेको जानकारी दिए । त्यस पश्चात पुनः खतिवडालाई भन्दा आफू व्यस्त रहेकोले फाइल रोकेको गैर जिम्मेवारपूर्ण जवाफ दिए ।

यो त उदाहारण मात्रै हो, अधिकृत खतिवडा जिल्ला प्रशासन कार्यालय पर्सामा आएदेखि कमाउ धन्दामा सक्रिय भए । कसरी अवैध रकम असुल्न सकिन्छ भन्ने मनसायले महानगरको वडा कार्यालयहरुमा केही कर्मचारीहरुलाई आफ्नो प्रलोभनमा पारे । त्यस पश्चात वडा कार्यालयमा सिफारिसका लागि आउने सेवाग्राहीहरु त्यही देखि नै अधिकृत खतिवडाको निशानामा पर्दै आएका छन् । वडा कार्यालयका दलाललाई घुस दिए सहजै काम हुने र नदिए विभिन्न बहानामा फाइल नै रोकिदिने गर्ने गरेको पाइएको हो ।

समयमा सेवा नपाएका सेवाग्राही जिल्ला प्रशासन कार्यालयको हाताभित्र बसेर, सुतेर समय विताउँदै ।

उनको कार्यशैलीबाट यहाँका नागरिकहरु अनावश्यक सास्ती खेप्न बाध्य छन् । गाउँ गाउँबाट आएका वृद्धवृद्धाहरु महिनौदेखि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाई रहेका छन् तर सेवा पाउन सकेका छैनन् । स्थलगत रिपोर्टिङ्गको क्रममा जिल्ला प्रशासन कार्यालय पर्सा पुग्दा ६ महिनादेखि नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय धाउने गरेको एकजना वृद्ध भेटिए । वीरगंज-१२ मुर्ली निवासी अन्दाजी ६५ वर्षीय एक वृद्ध सेवाग्राहीले ६ महिनादेखि नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धाई रहेको बताए । उनको फाइल को सँग छ ? कहाँ छ ? कुन कागजातमा कमि छ ? केही जानकारी छैन, न कुनै कर्मचारीले उनलाई जानकारी दिएको छ । दैनिक भोलि भोलि भनेर जिल्ला प्रशासन कार्यालयमा बोलाई रहेको उनको आरोप छ ।

वीरगंज महानगरपालिका-२९ बसडिलवा निवासी एक वृद्ध सेवाग्राहीले पनि पैसा नदिएकै कारण आफ्नो काम हुन नसकेको गुनासो गरे । चिनजानको मान्छेको मात्रै यहाँ काम हुने गरेको उनको भनाई छ । दैनिकी ज्यालादारीमा काम गर्ने कृषक, मजदुरहरु आफ्नो काम छोडी कार्यालयमा आउँदा समयमा काम नहुने गरेको कारण मर्कामा परेको उनको भनाई छ । यस्ता थुप्रै सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालयमा देख्न सकिन्छ, जसमा बढि वृद्धवृद्धाहरुले सास्ती खेप्नु परेको छ ।

अधिकृत कृष्ण प्रसाद खतिवडाको दादागिरी
जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ नागरिकता फाँटमा कार्यरत प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाको दादागिरी पनि बढ्दो छ । आफूले राखेको बिचौलिया मार्फत आउने फाइललाई चाँडै काम गरिदिने, नत्र अनावश्यक अल्झाउने गरेको गुनासो बढेपछि स्थलगत रिपोर्टिङ्गको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा पुग्दा उनको रवाफ कम थिएन् । तपाईको कारण सेवाग्राहीहरु सास्ती खेपिरहेको भनेर भन्दासञ्चारकर्मीमाथि जाइलागे । किन भिडियो खिचेको भनेर मोबाइल दिनुस् भने, मोबाइल नदिदा सशस्त्र प्रहरीका सईलाई जिम्मा लगाए । त्यस पश्चात सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले बिवाद नगर्नु, मैले तोक लगाईदिन्छु भनेर पठाए । अहिले जिल्ला प्रशासन कार्यालय, पर्सामा नयाँ नागरिकता लिन दैनिक सयौँ युवाको भीड लाग्ने गरेको छ । वैदेशिक रोजगारीमा जान वा विभिन्न प्रायोजनका लागि नागरिकता लिन पुगेका युवाहरु त्यहाँको भीड र ढिलासुस्ती देखेर ‘सरकारको काम अहिले जाला घाम’ भन्ने उखानको अर्थ बुझिरहेका छन् ।

नागरिकता बनाउन सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले निर्देशन दिँदा पनि प्रशासकीय अधिकृत खतिवडा बिहीबार कार्यालय समय सकिनु अघि नै कार्यकक्ष छोडेर ‘टाप’ कसे । जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता बनाउन भइरहेका ढिलासुस्ती र सेवाग्राहीले पाइरहेका  दुःखबारे प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अधिकृत खतिवडाका बारेमा अरुपनि केही गुनासो आएको बताए । उनले भने, ‘यस्ता थप केही गुनासोहरु आएका छन्, यो समस्याबारे बुझ्ँदैछु । यदि त्यस्तो हो भने कारवाही गर्छु ।’

नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीहरुको भीड ।
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here