34.6 C
Birgunj
Homeसमाचारस्थानिय५ बर्षिया नाबालिकाको बलत्कारका आराेपित युवक पक्राउ

५ बर्षिया नाबालिकाको बलत्कारका आराेपित युवक पक्राउ

- Advertisement -spot_img

वीरगंज पर्सा, १८ असार । पांच बर्षिया नाबालिकालाई बलात्कार गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालयकाे क्राइम ब्रान्चले वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ निवासी २१ बर्षिय निरञ्जन मण्डललाई पक्राउ गरेकाे हाे ।

घरमा कोही नभएको मौका छोपी मण्डले कक्षा युकेजीमा अध्ययनरत नाबालिकाको बलात्कार गरेको पिडित बालिकाका अभिभावकले वताएका छन् । ललाइफकाइ गरेर मण्डले आफ्नाे छाेरीलाई असार १३ गते बलात्कार गरेको पिडित नाबालिकाका बुवाले वताए ।

कामको सिलसिलामा बाहिर रहेका आफु घर आएपछि छाेरीकाे आमाले घटना बारे जानकारी गराएपछि आफु प्रहरीमा उजरी दिएकाे उनले वताए । आफुले साेमबार विहान प्रहरीमा उजरी दिएपनि प्रहरीले मंगलबार मात्र वीरगंजस्थित नारायणी अस्पतालमा छाेरीकाे गराएकाे पिडित नाबालिकाका बुवाले जानकारी दिए ।

घटना बारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्याालय पर्साका प्रमुख एसपी कुमोध ढुंगेलले वताए । उनले बलात्कार घटनाबारे प्रहरीमा उजुरी आएपछि घटनाबारे अनुसन्धान भइरहेको र मुद्दा दर्ता प्रक्रियामा अगाडि बढाइएकाे जानकारी गराए ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here