34.6 C
Birgunj
Homeदुर्घटनाकलैया बिरगंज सडक खण्ड अन्तरगत मा पर्ने  बैराटपुर चौकमा ट्रकले मोटरसाइकललाई ठक्कर...

कलैया बिरगंज सडक खण्ड अन्तरगत मा पर्ने  बैराटपुर चौकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजना महिलाको घटनास्थलमै मृत्यु

- Advertisement -spot_img

बिनोद पटेल ,बारा कलैया,

कलैया बिरगंज सडक खण्ड अन्तरगत मा पर्ने  बैराटपुर चौकमा मङ्गलबार दिउसो एउटा दुःखद घटना घट्यो, जहाँ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा  पछाडि बसेकी एकजना महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार, दुर्घटनाहुनुको  मुख्य कारण भने कलैया उप महानगरपालिकाले लगाएको सवारी कर उठाउने ´´रङदारी टैक्स“ ढाटको कारणले यो दुर्घटना भएको स्थानीय बासीको आरोप रहेको छ । कलैया उपमहानगरपालिकाले ठेक्का पटा मार्फत राखेको यो ढाटले गर्दा केही दिन पहिला पनि यस्तो ३ वटा घटना घटिसकेको स्थानीय बासिन्दाले बताउछन्।

यस्ता अबैध रुपले राखिएका ढाटहरू  हाईवे रोडमा राख्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्नमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ।

सो स्थानमा राखिएको ढाटले गर्दा सवारी साधनको आवागमनमा अवरोध उत्पन्न गरिरहेकाले दुर्घटनाहरू बढ्दै गइरहेको स्थानीय बासिन्दाहरूको आरोपरहेको छ।
कलैया बिरगंज हुलाकी सडक खण्ड अन्तर्गत  बिरगंज बाट कलैया तर्फ आउदै गरेको ना ५ ख ५५०८ नम्बरको ट्रकले सोही दिशाबाट आउदै गरेको बा ३४ प २१३३नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला रौतहट मौलापुर नगरपालिका वाड नम्बर ६ पथरा बुधराम बस्ने भरत दास बैरागीको छोरा बर्ष ३५ बिके संजय बैरागीको दुबै खुट्टा र हात भाचेको र सोही मोटरसाइकलको पछाडी सवार रहेकि निजको आमा बर्ष अन्दाजी ७५ कि अमरावती देबी को घटना स्थलमै  मृत्यु भएको थियो  ।

सम्बन्धित निकायबाट यस्ता ढाटहरूको कानुनी स्थिति र तिनको उचित व्यवस्थापन तथा  यसबारे यथाशीघ्र उचित कदम उठाउन सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here