बारा प्रहरीको बरिस्ठ सई बोकेको पेस्तोल हरायो

0
108

बिरगंज ११ वैशाख।

जिल्ला प्रहरी बाराको एक थान हतियार हराएको छ ।

सोमबार राती बारा को अमलेखगञ्ज क्षेत्रमा गस्तीको क्रममा प्रहरीले बोक्ने स्वचालित बन्दुक  हराएको प्रहरी स्रोतले जनकारी  दिएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हराएको हो ।  वरिष्ठ सई बिसीले बोकेको अटोमेटिक पेस्तोल सोमबार रातीदेखि नै हराएको हो ।

घटनाबारे बारा प्रहरीले अनुसन्धान अघि बढाएको बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here