34.6 C
Birgunj
Homeसमाचारईन्काउन्टर एसपेस्लिस्ट भनेर चिनिने एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको बागडोर

ईन्काउन्टर एसपेस्लिस्ट भनेर चिनिने एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको बागडोर

- Advertisement -spot_img

पर्सा, विरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले आज देखि सम्हालेका छन् ।

बुधबार दिउँसो कार्यालयमा पुगेर एसपी ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हालेका हुन् ।

प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ९ दिन पछाडि एसपी ढुंगेल पर्सा प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी ढुंगेललाई प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारविक्रम थापासहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।

जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएका छन् ।

प्रहरी मुख्यालयले गत फागुनमा १ गते ढुंगेलसहित ७८ जना एसपीहरुको जिम्मेवारी हेरफेर गरेको थियो ।

यसअघि पर्साको कमाण्ड एसपी कोमल शाहले सम्हालेका थिए । उनको सरुवा नेपाल प्रहरीको इन्टरपोल शाखा काठमाडौमा भएको छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here