कलैयामा निकालियो बृहत सद्भाव र्‍याली

0
205

बारा, कलैया ९ , फागुन ।

बाराको कलैयामा आज बिहान धार्मिक सामाजिक सद्भाव र्‍याली निकालिएको छ।

कलैया जिल्ला प्रशासन कार्यालय बाराको अगुवाई र धार्मिक संघ संस्थाको आयोजनामा सद्भाव र्‍याली निकालिएको हो।

जिल्ला प्रशासन कार्यालय बाराको परिसरबाट निकालिएको सद्भाव र्‍यालीले कलैयाको बजार क्षेत्र परिक्रमा गरेको थियो। रौतहटको ईशनाथ नगरपालिकामा फाल्गुन ३ गते  सरसवती पुजाको मुर्ती सेलाउने जाने क्रममा दुई  पक्षबीच भएको झडपको बिषयलाई लिएर सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सद्भाव र्‍याली निकालिएको हो।

सामाजिक एकता र सद्भाव कायम रहेको सन्देश दिनको लागि  निकालिएको र्‍यालीमा विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, खेलाडी, स्थानीयबासिलगायतकाको उपस्थिति रहेको थियो।

यसअघि मंगलबार स्थानीय प्रशासन र बारामा क्रियाशिल राजनीतिक दलबीच सामाजिक सद्भाव बिग्रन नदिनको लागि छलफल भएको थियो। उक्त छलफलमा सामाजिक तथा धार्मिक एकता कायम राख्न प्रतिवद्धता जनाएको राजनीतिक दलले संयुक्त अपिल समेत जारी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here