34.6 C
Birgunj
Homeसमाचारपर्सा मा अर्को आदेश नहुनजेल सम्म को लागि कर्फु जारि

पर्सा मा अर्को आदेश नहुनजेल सम्म को लागि कर्फु जारि

- Advertisement -spot_img

वीरगंज,७ फागुन – वीरगंजमा हिन्दुवादी र मुश्लिमवादी समुह एवं प्रहरी बिच बिभिन्न ठाउँमा भएको झडपको क्रममा हाल सम्म ९ जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रमुख डिएसी कुमारबिक्रम थापाका अनुसार प्रहरी र धार्मिक समुह बिच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा ९ प्रहरी कर्मचारीहरु घाइते भएका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको कफ्र्युलाई बेलुका ५ बजेदेखि कडाईका साथ लागु गरिएको एवं कुनै किसिमको अप्रिय घटना नहोस तर्फ प्रहरी प्रशासन गम्भीर रहेको बताए । वीरगंजको बिभिन्न चौक चौकहरु वेग्ला बेग्लै समुहमा जम्मा भएका युवाहरुलाई घर फकाईएको एवं बजारको सुरक्षा व्यवस्था उच्च पारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रहरी र धार्मिक समुहबिच भएको झडपको क्रममा प्रहरीले केही राउण्ड आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पछिल्लो समय केहि दिनदेखि बारा,पर्सा,रौतहटका केहि स्थानहरुमा भएको सरस्वती पुजाको मूर्ति बिसर्जन लगायतको बिषयलाई लिइएर केहि ठाउँहरु प्रदर्शन एवं बिरोधहरु हुदै आएको छ । हिन्दुवादी समुहहरुले आफुहरुको धार्मिक आस्थामाथी प्रहर गर्न खोजिएको आरोप लगाउँदै आएको छ । वीरगंजमा भएको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा केही प्रदर्शनकारी समेत घाइते भएका छन् । ठाउँ ठाउँमा स्थितीलाई नियन्त्रणमा लिनकोलागि प्रहरीले लाठी चार्ज गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले बिरगंजको स्थितीलाई मध्य नजर गर्दै सोमवार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नहुन्जेल सम्मको लागि वीरगंज आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here