७८ एसपीको सरुवा : नेपाल प्रहरीमा ईन्काउन्टर स्पेसलिस्ट भनेर चिनिने एसपी कुमोध ढुंगेल पर्सा आउदै

0
302

काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । त्यसैगरी सम्पत्ति सुदृढीकरणकी एसपी बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रन्जित सिंहले राठौरलाई पठाएको छ । चितवनमा भावेश रिमाल सरुवा भएका छन् भने सिन्धुपाल्चोकमा संतोष खड्कालाई पठाएको छन् ।

त्यसैगरी, झापामा मिलन केसी, मोरङमा नवराज कार्की, सिरहामा सन्तोष आचार्यको सरुवा भएको छ ।

सरुवा भएका एसपीहरुको फागुन महिना देखिको तलब–भत्ता नयाँ दरबन्दी कायम भएअनुसार हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।यो खबर news24galxy बाट साभार गरिएको छ ।

    

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here