वीरगंज चिनिमिल पिपरामा श्री सिताराम नाम संकीर्तन १०८ कुन्ज श्री विष्णु महायज्ञ हुने

0
195

बिनोद पटेल

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा यहि माघ २८ गतेदेखि हुन लागेको श्री सिताराम नाम संकीर्तन महायज्ञ १०८ कुन्ज एवं ९ दिवसिय श्री विष्णु महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

आइतबार यज्ञ स्थल पिपरा वीरगंजस्थित पशुपति मन्दिरमा पत्रकार सम्मेलन गरेर महायज्ञ व्यवस्थापन मूल समितिले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएकाे हाे ।

वीरगंजकाे पिपरास्थित चिनीमिलकाे जग्गामाहुनलागेको महायज्ञको  कलश यात्रा भने माघ २७ गते बिहान निकालिने र महायज्ञ बिधिवत रुपमा माघ २८ गतेदेखि सुरु हुने पत्रकार सम्मेलनमा महायज्ञका संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास जी महराज (पगला बाबा) ले जानकारी दिए ।

(पगला बाबा) का अनुसार महायज्ञमा १०८ कुञ्ज मा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गर्ने कार्यक्रम छ । महायज्ञमा रामचरितमानस पाठ प्रवचन, रामलीला, रासलीला, रामायण पाठसहितका रमाइलाे मेला पनि  लाग्ने छ ।

९ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनहरुको लागि भण्डाराको व्यवस्था गरिएको समितिले जनाएको छ ।

महायज्ञ मुल समितिको अध्यक्ष मुर्लीधर रुङ्गटाकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा संविधानसभा सदस्य अनिल रुङ्गटा, वीरगंज महानगरका पूर्व मेयर विजय कुमार सरावगी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, यज्ञ सन्चालक समितिका अध्यक्ष रामप्रबेश प्रसाद कुर्मी, उपाध्यक्ष रन्जन मिश्रा, सदस्य जितेन्द्र पटेल , प्रसोतम पटेल लगायतको उपस्थिति रहेकाे थियाे भने पत्रकार सम्मेलनकाे सहजिकरण महायज्ञ व्यवस्थापन समितिका सह काेषाध्यक्ष श्याम पटेलले गरेका थिए ।

महायज्ञकाे उद्घाटन राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा गरिने भनिए पनि हाल सम्म राष्ट्रपति आउने कार्यक्रम कन्फर्म नभएकाे पत्रकार सम्मेलनमा नेपाली कांग्रेस नेता एवम् संविधान सभा सदस्य अनिल कुमार रुंगटाले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here