34.6 C
Birgunj
Homeसमाचारबहुअरीमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बहुअरीमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

- Advertisement -spot_img

वीरगन्ज,१३माघ

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरीमा शनिबार आयोजित निशुल्क स्वास्थ्य शिविरबाट १७२ जनाले सेवा पाएका छ्न ।

डाक्टर्स क्लबको सहयोगमा द लिटील लाईट र वीरगन्ज सामुदायिक केन्द्रले आयोजना गरेको निशुल्क आँखा तथा दन्त शिविरमा १७२ जनाको चेकजाँच गराएका थिए  । जेकजाँच गराएकाहरुलाई वीरगन्ज सामुदायिक केन्द्रको अर्थोटेन्टिक सेन्टरमा जाँदा चश्मा र दन्त उपचारमा २० प्रतिशतसम्म छुट दिने र सुविधा उपलब्ध गराइने वीरगन्ज सामुदायिक केन्द्रका चिकित्सक डाक्टर प्रभात चौरसैयाले बताएक । साथै परीक्षण गराएकहरुलाई निशुल्क औसधी  र हाईजिङक किट ब्याग वितरण गरिएको द लिटिल लाइटका कृष पटेलले बताए ।

नेपाली कांग्रेसका युवा नेता लोकेश सिंहको प्रमुख आतिथ्यतामा भएको शिविरमा नेपाल तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता, युवा नेता दीपक कुमार साह लगायतकाको पनि उपस्थिती थियो ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here