जिराभवानीमा ४जना महिला सहित ३०जनाले गरे रक्तदान

0
63

मेघराज राय जिराभवानी पुस २९

घुम्टो भित्र बस्ने परम्परालाई तोड्दै पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर १मा ४जना महिला सहित ३० जनाले रक्तदान गरेका छन् । थारु सम्बत २६४८ (खिचडी ) माघीको आयोजना र युवा समाज पकडीटोलको आयोजनामा उक्त रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन । जसमध्ये गांउकै स्थानीय ४ जना महिलाहरुलेपनि रक्तदान गरेका हुन् ।
“रक्तदान नै जीवन दान हो” भन्ने कुरा सुन्दै आएका तर अवसर नपाएका जिराभवानी गाउँ पालिका १ पकडीटोलका ४जना महिलाले आफ्नै गाउंमा आयोजना गरीएको रक्तदान कार्यक्रममा रक्तदान गर्न पाउंदा हर्षिह भएका थिए । दिन भरि घरको चुलो चौकोमा ब्यस्त हुने यहांका महिलाहरु आफ्नो स्थानिय ठांउमा यस्ता कृयाकलाप नभएपछि त्यसमा सहभागी हुन नपाएको तर अवसर पाउने बितिकै रक्तदान गरेको स्थानीय रेखा देवीको भनाई छ ।
आयोजक युवा समाज पकडीटोल अध्यक्ष बालेश्वर दिस्वा थारुको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीराभवानी गाउँपालिका वार्ड नम्बर १का वार्ड अध्यक्ष रामशरण खवास थारुको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी खवासले रक्तदान कार्यक्रमले समाजलाई जोड्ने काम गर्ने बताउनुभएको थियो । क्लब तथा विभिन्न संघसस्थाले आफ्नो समाजीक उतरदायीत्व बहन गर्नपनि यस्ता काम गर्ने गरेको बताउदै जीवनको रक्षा हुने काम गरेको प्रती यस युवा समाजलाई धन्यवाद समेत दिनुभएको थियो ।
सो कार्यक्रममा जिराभवानी गाउँपालीका वार्ड नम्बर २का वडा महादेव महतो थारु वार्ड नम्बर ३का पुर्ब वाड अध्यक्ष उमेश सिह थारु वाड नम्बर १का सदस्य नरसिंह दिस्वा थारु पुर्ब गा बि स उपाध्यक्ष शुरेश खवास थारु समाज सेबि रामपृत महतो युवा समाज सेबि गोबिन्द चौधरी नन्दकिशोर दास सुमितसाएगल दास राजन दास विभिन्न स्कुल माध्यमिक विद्यालयका प्र.अ.स्थानीय बुधिजीबी स्थानीय पत्रकार लगायतको उपस्थिति रहेको थियो सथै भोलि हुने माघी खिचडी महोत्सवको सम्पूर्ण त्यरी पुरा भएको युवा समाज पकडीटोलका अध्यक्ष बालेश्वर दिस्वाले जानकारी गराए भोलिको कार्यक्रममा रास्ट्रय तथा स्थानीय कलकारहरुको बेजोड प्रस्तुति हुने आयोजक कमिटीले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here