34.6 C
Birgunj
Homeसमाचारस्थानियतस्करीहरु रोक्न प्रहरीलाई तालिम

तस्करीहरु रोक्न प्रहरीलाई तालिम

- Advertisement -spot_img

किमाथाङ्का । सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिम दिइएको छ । तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि चोरी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम दिइएको हो ।

कुन सवारीसाधनमा कहाँ–कहाँ फल्स बटम हुन्छ भन्ने सुरक्षाकर्मीले बुझ्न जरुरी भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी अनुशिक्षण तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

तस्करले सवारीसाधनबाट नयाँ–नयाँ तरिका अपनाएर तस्करी गर्ने भएकाले त्यसलाई रोक्न सुरक्षाकर्मीलाई तालिम सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । तस्करले कस्ता–कस्ता स्थानमा फल्स बटम बनाएर लुकाउन सक्छन् भन्ने सवारीसाधनका सम्भावित ठाउँका बारेमा सुरक्षाकर्मीलाई प्रयोगात्मक अभ्याससमेत गराइने उनको भनाइ छ । सभार दृस्ठि news बाट

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here