पचरौतानगरपालिकामा झडप, दुईजना घाईते, बारा प्रहरीद्वारा ८ राउण्ड हवाई फायर

0
121

वीरगन्ज, ५ मंसिर । बाराको पचरौता नगरपालिका मा  दुईपक्षबीच झडप हुँदा दुईजना घाईते भएको छ। झडपलाई नियन्त्रणगर्नको लागि बारा प्रहरीले ८ राउण्ड गोली हवाई फायर गरेको छ । पचरौता नगरपालिका वडा नं.०७ बेनौली टोल  स्थित झण्डा मेला लगाउने विषयलाई लिएर गएराति गाउँका दुबैपक्षबीच झडप भएको हो ।

झडपमा भएको ढुङ्गा हनाहानबाट स्थानीय दुईजना घाईते भएका छन् । घाईते हुनेहरुमा बाराको पचरौता नगरपालिका वाड नम्बर ७ बेनौली का अन्दाजी बर्ष ४०का लक्ष्मी पटेल, सोही स्थानका  ४२ बर्षका चन्द्रीका पटेल रहेको  बारा का  प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

घाईते दुबैजना को उपचार बारा को नौत वाड नम्बर ५ मा रहेको एल.एस. न्युरो एन्ड जेनरल होस्पिटलमा उपचार भैईरहेको छ ।

मेलामा भएको ब्र्हम बाबा मन्दिर बाटो बन्द गरेपछि  विवाद उत्पन्न भइ  दुईपक्षबीच ढुङ्गा मुढा हनाहान र झडप भएपछि तत्काल प्रहरीको टोली खटाईएको थियो । झडपका कारण अवस्था तनावग्रस्त बनेपछि अवस्था समान्य बनाउनकोलागी सुरुमा प्रहरीले दुई राउण्ड गोलि हवाईफायर गरेर भीडलाई तितर बितर पारेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।

गएराति ११ बजेर ४५ मिनेट को  समयमा दुबैपक्ष विच पुनः ढुङ्गा मुढा हनाहान भएपछि प्रहरीले थप पाँच राउण्ड, तेश्रो पटक पनि भएको झडपमा एक राउण्ड गरी जम्मा ८ (आठ) राउण्ड गोलि हवाईफायर गरिएको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here