खैरो हेरोइन र नाइट्रोभेटसहित दुई जना पक्राउ

0
31

वीरगंज पर्सा, २० कात्तिक ।

पर्सा प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोकबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएकाे प्रहरी टाेलीले लागु औषधसहित भारत विहार जिल्ला मोतीहारी नकरदेही थाना ग्राम भवानीपुर निवासी २७ बर्षिय भुलावन पटेल र बाराकाे कलैया उपमहानगरपालिकाकाे वडा नं .६ निवासी ३१ बर्षिय सन्तोष महतोलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

भारतबाट वीरगंज तर्फ आउने क्रममा मिति शनिबार विहान ११:३० बजेको समयमा रजतजयन्ती चाैकमा भुलावनलाई राेकी खानतलासी गर्दा निजले लगाएको जिन्स पाइन्टको पछाडीको खल्तीमा खैरो हिरोइन जस्तो देखिने पदार्थ ४९.५२० मि.ग्राम फेला परेको डिएसपी थापाले वताए । भुलावनलाई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको उनले वताए ।

त्यसैगरी शनिबार नै सांझ ६:३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेका संकास्पदरूपमा हिँडिरहेका संताेषकाे खानतलासी गर्दा सेतो प्लाष्टिकको झोलामा प्रतिबन्धित लागु औषध नाईट्राभेट ३ डिब्बामा ९०० ट्याब्लेट फेला परेको डिएसपी थापाले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here