34.6 C
Birgunj
Homeसमाचारबारा प्रहरी द्वारा अबैध सामान सहित एउटा ट्रक पक्राउ

बारा प्रहरी द्वारा अबैध सामान सहित एउटा ट्रक पक्राउ

- Advertisement -spot_img

वीरगंज । बारा प्रहरीले अबैध सामान सहित एउटा ट्रक नियन्त्रणमा लिएकाे छ । विरगंजबाट झापातर्फ जादै गरेको ना.३.ख.७१६३ नं.को ट्रक बाराकाे जितपुरसिमरा उप-महानगरपालिका वडा नं.०७ अमलेखगंज चोकबाट नियन्त्रणमा लिएकाे हाे ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार विहान ०१:१५ बजेको समयमा विरगंजबाट झापातर्फ ट्रकलाई रोकी चेक जाँच गर्दा हार्डवेयर तथा अटो पार्टका सामानहरू बिल विजक भन्दा बढीकाे फेला परेका कारण नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

श्रोत खुलाउन नसकेको अन्दाजी मूल्य पर्ने ६२ लाख ६१ हजार ५ सय ३७ बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले आइतबार प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here