34.6 C
Birgunj
Homeसमाचारस्थानियकलैयाका सर्राफको हत्यामा संलग्न आशंकामा उनकै विद्यालयका पूर्व शिक्षिका सहित तीनजना पक्राउ

कलैयाका सर्राफको हत्यामा संलग्न आशंकामा उनकै विद्यालयका पूर्व शिक्षिका सहित तीनजना पक्राउ

- Advertisement -spot_img

कलैया (बारा), १३ कात्तिक । सोमबार दिउँसो कलैया बजारमा दिनदहाडै गोली प्रहार गरि भएको हत्या काण्डमा बारा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका – ६ मदरसा रोड स्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक गुड्डु भन्ने रुपेश सर्राफको कलैया बजारमा अपरिचित समूहले दिनदहाडै गोली हानी हत्या गरिएको थियो ।

सर्राफको हत्यामा संलग्न रहेको आशंकामा बारा प्रहरीले उनकै स्कुलका पुर्व शिक्षिकासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सर्राफको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर १ की २५ वर्षिया पुर्वशिक्षिका र दुई पुरुष गरि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका मध्येकी महिला मुख्य योजनाकार हुन सक्ने प्रहरीको आशंका छ । सिसिटिभी क्यामेरामा रेकर्ड भिडियो एवं अन्य प्रमाणको आधारमा तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र सम्भवत भोलिसम्म यो घटनाको टुङ्गोमा पुग्ने प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । कलैयाको मुख्यबजारमै उनीलाई मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि अहिले वीरगंज स्थित वयोधा अस्पतालमा लगिएको थियो भने बयोधा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

ना. ५३ प. ९१२८ नम्बरको २२० सिसिको प्लसर मोटरसाइकलमा सवार भई अन्नपूणर् स्वीट्सबाट मिठाई किनेर विद्यालय फर्किने क्रममा नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा सवार भई आएका चारजना अज्ञात समुहले सर्राफको टाउको र छातीमा तीन राउण्ड गोली प्रहार गरि फरार भएका थिए । घटना भएको ५ घण्टा नवित्दै प्रहरीले हत्याको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएको हो ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here