नेशनल मेडिकल कलेजमा ३३ महिलासहित १५७ जनालेगरे रक्तदान

0
97

वीरगञ्ज । कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेशनल मेडिकल कलेजको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।


उक्त कार्यक्रममा ३३ महिलासहित १५७ जनाले रक्तदान गरेको नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिएका छन् ।
नेशनल मेडिकल कलेजको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा सर्वसाधारण, कलेज अध्ययनरत विद्यार्थी , डाक्टर , संस्थाका कर्मचारीहरूले रक्तदान गरेका थिए ।
नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिए । रक्तदान एउटा निःस्वार्थ कार्य हो । यसले मानव जीवनमा सकारात्मक पार्ने भएकोले मनमा ठूलो सन्तुष्टि दिन्छ । यो हामी सधैँ नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको उदाहरण हो ।
रक्तदान कार्यक्रममा कोहिनुर बचत तथा ऋण सहकारी संस्थाका महासचिव तथा नेशनल मेडिकल कलेजका मार्केटिङ डाइरेक्टर सहनवाज अंसारी , नेशनल मेडिकल कलेजका एडमिसन डाइरेक्टर आबिद हुसेन अन्सारी , एकेडेमी डाइरेक्टर डा. नुसरत जहान अंसारी , हस्पिटल डाइरेक्टर डा. इसरत जहान अंसारी , भ्वाइस प्रिन्सिपल रवि शंकर गुप्ता , एम.बी.बी.यस कोडिनेटर डा. सुमिरा दहाल , सञ्चारकर्मी ,संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here