34.6 C
Birgunj
Homeसमाचारस्थानियबरामद गरिएको घरेलु मदिरा वडा प्रहरी कार्यालय श्रीपुरले नष्ट गर्‍यो , एक...

बरामद गरिएको घरेलु मदिरा वडा प्रहरी कार्यालय श्रीपुरले नष्ट गर्‍यो , एक लाखको सामग्री भन्सार चलान।

- Advertisement -spot_img

वीरगंज २९ भदौ, वडा प्रहरी कार्यालय श्रीपुर वीरगंजले ९ सय ५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले भदौ २८ गतेका दिन बीरगंज महानगरपालिका वडा न.२३ प्रसौनिबिर्ता पुग्दा केही मानिसहरुले बीरगंजको बिभिन्न स्थानमा ल्याई बिक्री बितरण गर्ने उद्देश्यले लिएर आईरहेको क्रममा पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरले जनजाएको छ । बरामद गरिएको घरेलु मदिरा स्थानिय वासीन्दा, जनप्रतिनिधिको रोहबरमा आज नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताए । त्यसैगरी भारतबाट नेपाल तथा नेपाल बाट भारत तर्फ चोरी निकासी गर्न लागेको विभिन्न सामाग्रीहरु बरामद गरी भन्सार चलान गरेको छ । विभिन्न मिति र समयहरुमा मटर २५ किलोको दरले २० बोरा, खाने तेल ३६ लिटर, डालडा १५ लिटर, साबुदाना ३० किलो, सेम्पु १ कार्टुन, राजनिवास १ बोरा, सर्फ १५ किलो लगायत हार्डवेयरको सामग्रीहरु बरामद गरी आजै वीरगंज भन्सार कार्यालय चलान गरेको प्रहरी निरिक्षक साहले बताए । सो सामग्रीको मुल्य १ लाख रुपैया बराबरको रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here