भन्सार छलेर ल्याइएको गहुँसहित ट्र्याक्टर नियन्त्रणमा

0
41

बीरगन्ज,२२ साउन । भारतबाट भन्सार छलेर ल्याइएको गहुँसहित पर्सा प्रहरीले दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर पुल नजिककाे सडकखण्डबाट मे १ त ४८४८ र ना २ त ४५६८ नम्बरको ट्याक्टरहरूलाई रोक्नसाथ चालकहरू छाडी भागी फरार भएको, साथै गहुँ लोड रहेका दुई ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गहुँको बजार मूल्य २४ लाख ५० हजार रुपैयाँ बराबर छ।

आवश्यक कारबाहीको लागि गहुँसहित ट्र्याक्टरलाई बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएपी दीपक गिरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here