नबिल बैंक लिमिटेडले आज देशभर एकैदिन ३८ वटा नया शाखाहरुको विस्तार

0
141

वीरगञ्ज,१८ जेठ। नबिल बैंक लिमिटेडले आज देशभर एकैदिन ३८ वटा नया शाखाहरु विस्तार गरेर संञ्चालनमा ल्याएको छ ।
वीरगंजको बस पार्क चौक नजिक बाईपास रोडमा नया शाखा कार्यालयको एक कार्यक्रमका बिच आज वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन।

नबिल बैंक लिमिटेडको ३८ औ नया शाखाको उद्घाटन गर्दै नगर प्रमुख सिंहले सुलभ र छिटो छरितो सेवा प्रदान गर्नको लागि बैंक लाई सुझाव दिनु भयो।

मेयर सिंहले बैंकहरूले नयां नया धेरै संख्यामा शाखाहरू संचालनमा ल्याईरहेको छ तर सेवाग्राहीको भिड जस्ता को त्यस्तै अवस्थामा रहेको छ बिहान १० बजे देखी साझ ३ बजे सम्म सेवाग्राहीको भिड लागे कै हुन्छ त्यसकारण सेवाग्राहीहरुलाई छिटो छरितो सेवा प्रदान गर्न आग्रह समेत गर्नु भयो।
बैंकले आफनो पार्किंगको व्यवस्थापन गर्न आग्रह गर्दै मेयर सिंहले सार्वजनिक सडक मिचेर पार्किंग नगराउन बैंकलाई सुझाव दिएका थिए।
उद्घाटन समारोह कार्यक्रममा नेपाल बैंक लिमिटेड वीरगंजका निर्देशक अजीत रेग्मी, नबिल बैंक  नया शाखा कार्यालयका ब्रांच मेनेजर कृष्ण हरि भण्डारी, उधोगपति रमेश अग्रवाल, लायन्स क्लबका डीएन अग्रवाल, नबिल बैंक वीरगंज शाखा कार्यालयका ब्रांच मैनेजर नितीन न्नदवाना, पावरहाउस शाखा कार्यालयका ब्रांच मैनेजर सन्तोष साह लगाएतको उपस्थिति रहेको थियो।

नबिल बैंक लिमिटेडको ३८ वटा नया शाखा कार्यालयको उद्घाटन भए संगै देश-भर २ सय ५५ वटा शाखाहरू बाट सेवा प्रवाह भईरहेको तथा
देशभर २ सर ८३ वटा एटीएम मेशिनहरु संचालनमा रहेको नबिल बैंक लिमिटेडले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here