बारा मा प्रेस युनियनको अध्यक्षमा पुनः श्यामबाबु यादव

0
53
वीरगंज । नेपाल प्रेस युनियन बाराकाे अध्यक्षमा श्यामबाबु यादव पुन: चयन भएका छन् ।

शुक्रबार कलैयामा सम्पन्न साताैं जिल्ला अधिवेशनबाट युनियनकाे अध्यक्षमा यादव दाेश्राे कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।

युनियनको जिल्ला उपाध्यक्षमा बसन्त खतिवडा पनि दाेश्राे कार्यकालकालागि सर्वसम्मत चयन भएका छन् ।

समावेशी उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा राजेश कुशवाहा, सहसचिवमा बिनिता चाैधरी तथा काेषाध्यक्षमा अरुण साह पनि सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यमा प्रभु यादव, पवन सिंह, चन्दन कुमार चन्दन, विनयराज शर्मा, अन्जली गुप्ता,  नुर आलम बादसाह, सन्दिप यादव लगायत चयन भएका छ्न   ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here