33.1 C
Birgunj
Homeसमाचारस्थानियबारा जिल्लाको इतिहासमा सबैभन्दा शान्तिपूर्ण चुनाव सम्पन्न भएको छ : पूर्वमन्त्री यादव

बारा जिल्लाको इतिहासमा सबैभन्दा शान्तिपूर्ण चुनाव सम्पन्न भएको छ : पूर्वमन्त्री यादव

वीरगञ्ज, १५ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) का सांसद् प्रदीप यादवले बारा क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा कुनै किसिमको धाँधली नभएको दावी गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले केहि दिन अगाडि संसद्मा बारा-२ मा सम्पन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनद्वारा धाँधली गरिएको भनी लगाएको आरोपलाई खण्डन गर्दै सांसद् यादवले कुनै किसिमको धाँधली नभएको दावी गरे ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका सांसद् यादवले बारा जिल्लाको इतिहासमा यसपटकको जस्तो शान्तिपूर्ण निर्वाचन सम्पन्न नभएको बताउँदै भने, ‘अघिल्लो सदनको बैठकमा एकजना मनानानियाज्यूले बारा-२ को निर्वाचनमा धाँधली भयो, बुथ कब्जा भयो, फर्जी मतपत्र बाँडीयो, फर्जी भोट खसाइयो जस्तो आरोप लगाउनु भएको छ । बारा जिल्लाको इतिहासमा यसपटकको जस्तो शान्तिपूर्ण निर्वाचन कहिल्यै भएको थिएन् । विश्वास नलगाए बारा जिल्लाको जनतालाई सोधे हुन्छ । त्यहाँका जनता खुशी छन् ।’

जनमतका अध्यक्ष डा. राउतलाई लक्षित गर्दै उनले हार स्विकार गर्न नसकेपछि बाहिर आएर नाटक गरेको भनेर टिप्पणी पनि गरे । यादवले भने, ‘केही जना पार्टीका मानानानिय जीले बाहिर नाटक गर्ने, ड्रामा गर्ने र चुनावमा धाँधली भयो, सरकारले प्रहरीको बल प्रयोग गर्‍यो र बुथ कब्जा गरेको जस्तो जुन आरोप लगाउनु भएको छ त्यो सबै बेबुनियाद र झुठो हो ।’

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दल र स्वतन्त्र उम्मेदवारले हार स्वीकार गरेर निष्पक्ष चुनाव भएको बताइरहँदा डा. राउत हारेर पनि हार स्विकार गर्न पक्षमा नरहेको उनले बताए । उनले जसपा र नेपाली कांग्रेसको बढी मतदाता भएको बुथमा जनमत पार्टीले रौतहटबाट पार्टीका कार्यकर्ता ल्याएर बुथमा हल्ला गर्ने र बुथ कब्जाको हल्ला चलाए आरोप लगाए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here